© २०२३
काठमाण्डौ, ३ भदौ । टाइग्रिस नदीको किनार सफा गर्न युवाहरुको समूहले अभियान शुरु गरेको छ । इराकको राजधानी बगदादलाई छुट्याउने नदीलाई सफा, स्वस्थ र अझ सुन्दर इराक बनाउन सरसफाइको कार्यक्रम अघि बढाएको बताइएको छ ।
दशकौंको द्वन्द्व र वर्षौंको राजनीतिक र आर्थिक उथलपुथलमा रुमल्लिएको लामो समयपछि यो अभियान शुरु गरिएको हो । यो अभियान पहिलो र अन्तिम नभएको भन्दै अभियन्ता सैफ अहमदले समुदायबीचको भावना पुनः निर्माण गर्न र समुदायमा वातावरणको हेरचाह गर्नुपर्ने कुरा फैल्याउनु अभियानको उद्देश्य रहेको बताए ।
भिडियो सामग्री
सिन्हवाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।