ट्रेंडिंग:

>> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल

सुरक्षा दिने प्रहरी आफै असुरक्षित !

सीमा क्षेत्रका प्रहरी चौकीका भवन जीर्ण छन् भने जनशक्ति नाम मात्रैको छ ।
३ भाद्र २०८०, आइतबार
३ भाद्र २०८०, आइतबार

सुनवल, ३ भदौ । सीमा प्रहरी चौकी पाँचपेडामा पानी पर्ने बित्तिकै भवन चुहिन सुरु हुन्छ । २५ वर्ष भन्दा पुरानो पक्कि प्रहरी चौकी भवन जीर्ण भएका कारण प्लास्टिकले छोपेर बस्नुपर्ने बाध्यता छ । वि.सं. २०५४ सालमा तत्कालिन आईजिपि धुव्र बहादुर प्रधानले उद्घाटन गरेको पश्चिम नवलपरासीको प्रतापपुरमा रहेको चौकीको मर्मत सम्भार समेत हुन सकेको छैन ।

भवनको छत चर्किएको छ । चर्किएको स्थानबाटै पानी परेको बेला भवनभित्र पानी पस्छ । केही समय अगाडीसम्म त पानी पर्दा प्रहरीहरू चौकी परिसरमा रहेको प्रतिक्षालयमा सुत्नुपर्ने बाध्यता थियो । ‘अहिले फुटेको स्थानमा प्लास्टिकले छोपेर भवन भित्रै सुत्न मिल्ने बनाएका छौं पाँचपेडा प्रहरी चौकिका असई अमर नेपालीले भने ।’

पाँचपेडा प्रहरी चौकि त एउटा उदाहारण मात्र हो, जिल्लाका सिमावर्ती क्षेत्रका अधिकांश प्रहरी चौकीको अवस्था उस्तै छ । सीमा क्षेत्रमा हुने अपराध नियन्त्रण गरी आम नागरिकलाई सुरक्षा दिन बसेका प्रहरी आफै असुरक्षित देखिन्छन् । २०५५ सालमा राजा वीरेन्द्रको ५४ औँ जन्म जयन्तीका अवसरमा उद्घाटन गरिएको सुस्ताको रामनगर प्रहरी चौकीको भवन पनि जीर्ण छ, पानी पर्ने बित्तिकै छतबाट पानी रसाउन सुरु हुन्छ ।

सरावलको सिमावर्ती क्षेत्रमा रहेको भुजहवा प्रहरी चौकिको भवन पनि उस्तै जीर्ण छ । कार्यालय सञ्चालन र आवासका लागि एउटै भवन प्रयोग हुँदै आएको छ । त्यो पनि जीर्ण अवस्थामा छ । भुजहवा चौकिका लागि बनाईएको भान्साघरको अवस्था दयनिय छ । पानी पर्दा सबै चुहिने भएका कारण छतमा त्रिपाल लगाईएको छ । पानी पर्दा शौचालयमै छाता ओढेर बस्नुपर्ने बाध्यता रहेको छ । ‘भन्सा चुहिएर माथि त्रिपाल लगाएका छौं, शौचालयको अवस्था पनि उस्तै छ मर्मत सम्भारका लागि पालिकासंग अनुरोध गरेका छौे’ भुजहवा चौकि ईन्चार्ज राम बहादुर विष्टले भने ।

समावर्ती क्षेत्रमा रहेका सनही, गुठिप्रसौनी प्रहरी चौकिको अवस्था पनि जिर्ण छ । भुकम्पिय सुरक्षा सहितका भवन हुनुपर्नेमा पानीको ओत समेत नलाग्ने भवनमा बसेर प्रहरीले कसरी सुरक्षा प्रदान गर्छ एक प्रहरी हवल्दारले भने । भवन मात्रै होईन् जनशक्तिको समेत अभाव देखिन्छ । प्रहरी माथिनै तस्करहरूले कुटपिट गर्ने घेराबन्दी गर्ने स्थानमा ९÷१० जनाको मात्र दरबन्दी रहेको छ । भुजहवा चौकिमा ९ जना प्रहरी छन् भने पाँचपेडामा ७ जना प्रहरी छन् । नाम नबताउने सर्तमा एक जना प्रहरीले भने सिमामा जसरी प्रहरी खटाईएको छ यो त सरासर तस्करलाई छुट दिए जस्तो देखिन्छ । तस्करी भएको थाहा हुदा हुदै पनि रोक्न जनशक्तिको अभाव छ, प्रहरी चौकिमै आक्रमण गरे भने ज्यान जोगाउना भाग्नुपर्ने पर्ने अवस्था छ ति प्रहरी हवल्दारले भने । ‘न तारबार सहितको सुरक्षा छ, न बस्ने लायकको भवन न शुद्ध पिउने पानीको व्यवस्था, न सुत्ने ठाउँको पर्याप्तता, न जनशक्ति नै, हाम्रो विषयमा बोलिदिने को ?’ उनले गुनासो पोखे ।

विभिन्न प्रयोजनका लागि जिल्लाका विभिन्न स्थानमा लाखौ लगानीमा बनेका भवन प्रयोगविहिन भईरहदा जनताको सुरक्षा दिने प्रहरीलाई राम्रोसंग सुत्ने ठाँउ समेत छैन् प्रहरी चौकिका ईन्चार्जहरूले गुनासो गरे । सिमा क्षेत्रमा बेलाबेलामा स्थानीयलाई प्रयोग गरेर तस्कहरूले प्रहरी माथि समेत धावा बोल्ने गरेका छन् । जसका कारण सिमा क्षेत्रका प्रहरी चौकिमा बलियो बाउन्ड्रि वाल आवश्यक भएपनि अधिकांश चौकि खुल्ला छ । ‘एक प्रहरी जवानले भने तस्करी गर्न पाएनन् भने हामि माथिनै आक्रमण हुन्छ हामि अहिले सिभिलमा एक्लै हिँड्न पनि डराउनुपर्ने अवस्था छ ।’ प्रहरी चौकिहरू साधनको समेत अभाव छ, सबै चौकिमा आफ्नो निजी वा कार्यालयको एक दुई ओटा मोटरसाईकलको भरमा सीमा क्षेत्रको निगरानी गर्नुपर्ने अवस्था छ ।

नवलपरासीमा जिल्ला प्रहरी कार्यालय मातहत २८ वटा प्रहरी युनिट छन् । सिमा क्षेत्रका चौकिको अवस्था कमजोर छ । बजेट अभावमा तत्कालै नयाँ बनाउन सक्ने अवस्था पनि छैन् । मर्मत सम्भारका लागी स्थानीय पालिका संग समन्वय भईरहेको जल्ला प्रहरी कार्यालयका सुचना अधिकारी समेत रहेका प्रहरी नायव उपरिक्षक भोजराज पाण्डेले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?