© २०२३
चन्द्रौटा(कपिलवस्तु), २ भदौ ।
शान्ति पूनः स्र्थापना गृह कपिलवस्तुले १३ बर्षिय एक बालकको उद्धार गरेको छ । जिल्लाको मायादेवी गाउँपालिका वडा नम्बर २ बस्ने अजहर मुस्लमानलाई केहि दिन पहिले भारतको गोण्डाबाट उद्धार गरिएको गृहले जनाएको छ । घरदेखि करिब १ साता पहिले हराइ रहेका उनलाई उद्धार गरिएको हो ।
बालक घरबाट हराएपछि बेचबिखनविरुद्ध काम गर्ने निकाय, प्रहरी, प्रशासन लगायत विभिन्न संघ संस्थालाई खोजिदिन आग्रह गरेका थिए । सोही अनुसार शान्ति पूनः स्र्थापना गृहले अनुसन्धन अगाडी बढाएको थियो । गृहका कपिलवस्तुका सुपरभाइजर डिल्लीराज तिमिल्सिनाका अनुसार बिशेष सूचनाको आधारमा सि.डब्लु.सि. बस्ती भारतको बेवारको सहयोगमा उनलाई उद्धार गरिएको छ ।
भारतमा रहेको नेपाल दुतावास नयाँ डिल्ली र हेल्प क्रस तुरुस्त देहरादुन भारतको सहयोग र बाल गृह भारतको समन्वयमा शान्ति पूनः स्र्थापना गृह कपिलवस्तुले प्रहरीमार्फत परिवारको जिम्मा लगाइएको तिमिल्सिनाले जानकारी दिए । उतm घटनाबारे थप अनुसन्धन भइरहेको गृह कपिलवस्तुले जनाएको छ ।