ट्रेंडिंग:

>> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने >> एमाले महाधिवेशन : च्यासलमा राखियो नमुना भोटिङ मेसिन >> जनार्दनसँग जोडिएको २८ दिनमै फर्किए बलम्पाकी र दाहाल, प्रचण्डलाई भेटेर भने : हामी यतै फर्कियौँ >> आज शपथ लिन लागेका ४ नयाँ मन्त्रीको पृष्ठभूमि >> अण्डाको लागत मूल्य बढेर १९ रुपैयाँ नाघ्यो >> झापाबाट महामन्त्री शर्मासहित कांग्रेसका ६६ उम्मेदवार सिफारिस >> राप्तिको डम्पिङ साइडमा आगलागी >> विदेशमा रहेका नेपालीको मतदानको ग्यारेन्टी सरकारले गर्नुपर्छ : जेनजी युवा >> पाल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ८ घाइते >> एमाले सचिवालय बैठक २ बजेलाई सर्‍यो

भुइँ मान्छे संगै ‘उमा’

२ भाद्र २०८०, शनिबार
२ भाद्र २०८०, शनिबार

भैरहवा, २ भदौ।  चुनाव जितेर गएपछि प्रायः नेताहरू भूइँ मान्छेका कुरा सुन्दैनन्, देख्दैनन्, वास्तै गर्दैनन् । सदैव आफूलाई बेफुर्सद भएको देखाउँदै सुकिलो मुकिलो पाराले हिँड्छन् तर रूपन्देहीमा एक जना यस्ता जनप्रतिनिधि पनि छन् जसले भूइँ मान्छेको अभावमा चासो दिन्छिन् । उद्वारमा लाग्छीन् । अस्पतालमै उपचारको बन्दोबस्त मिलाउन पुग्छिन् । उनी हुन् सिद्धार्थनगर नगरपालिकाकी उप–प्रमुख उमा अधिकारी ।
नगरपालिकाको उप–प्रमुख जस्तो जिम्मेवारी पदमा रहेकी अधिकारी सडकको पेटीमा, भिख माग्दै हिँडेका, कुपोषणले ग्रसित भएका बच्चाको समेत उद्वार गरी सामाजिक काममा सक्रिय हुन पुग्दा धेरैको मन समेत जितेकी छिन् ।

यहि साउन ७ गते उमा अधिकारीले आफ्नो जन्मदिनको अवसरमा पुण्यको काम गर्न पाएको बताइन् । १५ महिनाको सानो नानी वडा नं. ८ को राधे पथको खाली ठाउँमा दिउँसो ४ बजे कहिले ७ बजे अनि राती ११ बजेसम्म सुतिरहेको अवस्थामा भएको थाहा पाएपछि २ घण्टाको प्रयासमा उद्वार गर्न सफल भएको उनले बताइन् ।

“म त्यहाँ पुग्दा १ जना महिला अनि सानो नानी अन्दाजी १५ महिनाको थियो, महिला मादक पदार्थ सेवन गरी मानसिक अवस्था ठिक नभएको भेटिएको थियो । अधिकारी भन्छिन्, बच्चालाई कुपोषण भएको रहेछ । नानी बाल हेल्प लाइनमा छिन्, १ महिनाको औषधी दिएको छ, महिलालाई मानव सेवा आश्रममा राखिएको छ ।” मानसिक अवस्था ठिक नभएको महिला, बालकलाई प्रहरी, बाल हेल्प लाइनको सहयोगमा उद्धार गर्न सफल भएको उनले बताइन् ।

जनप्रतिनिधिमा निर्वाचित नहुँदै बिभिन्न समयमा अधिकारीले भुईँ मान्छेका पीडामा पुगि मलहम लगाउने गर्दथिन् ।
यस्ता काम सबैले गर्ने दायित्व भएको बताउँदै अधिकारी भन्छीन्, “म पहिलेपनि जनप्रतिनिधि नहुँदै यस्ता काममा लाग्थेँ गर्थेँ । लुम्बिनी प्रदेशको खेलकुद परिषदमा कार्यकारी सदस्य भएको हिसाबले म बैठकमा जाँदै थिएँ पडसरीमा गोरखपुरकी १६ वर्षिय नानीले आमा आमा, घर भनेको थियो । मैले मेरो स्कुटरमा राखेर अञ्चलपुर प्रहरीमा पुगी महिला सेलमा फोन गरेर त्यहाँ राख्न भने अनि उनलाई उद्धार गरियो ।”
यहि साउन ३० गते मंगलबारका दिन प्युठान जिल्ला स्वर्गद्वारी नगरपालिकाका धनराज राना मगर भारतको बनारसबाट आउँदा खाने कुरामा नशालु पदार्थ सेवन गराई अचेत गराई सुनौली नाकामा भेटिए पछि उद्वारका क्रममा भीम अस्पतालमा उपचार गराइ सम्पर्क गरी घरसम्म
पुर्याउन सफल भइन् । यस्ता घटनाले मनमा छुने हुँदा उद्वारमा लाग्ने बताउँदै अधिकारी भन्छीन्,“मलाई यस्तो घटनाले छुन्छ, सकेसम्म सहयोग गर्न पाए हुन्थ्यो भन्ने लाग्छ ।”

उमा अधिकारीले कतिपय उद्वारमा धेरै पटक आँसु आएको बताउँदै भनिन्, वास्तविक पीडित ब्यक्ति जो धेरै पीडामा छ, अन्याय अत्याचारमा छ साह्रै मन दुख्दो रहेछ । आँसु आउँदो रहेछ ।अधिकारी बिभिन्न समयमा उद्धारका क्रममा बिभिन्न घटनाका परिवेशले ४।५ पटक रोएकी छिन् । “मलाई २ वटा घटनाले साह्रै नै मन छोयो आँखाबाट आँसु झरे । पहिलो घटना, २१ वर्षको नानी थिइन्, उद्धार गर्दा परिचय पत्र राम्रो थिएन, जहाँ उ डराएर बोलेको थियो र धेरै पटक रोयो । उसले आफ्नो कुरा ब्यक्त गर्दा मलाई धेरै नै पीडा भयो । मलाई उसले आमा नै भन्यो । कसैले गाउँबाट फसाएर, प्रलोभनमा पारेर ल्याएको रहेछ । उसको रोजाईका आधारमा सीप मुलक काम सिक्छु भनेपछि काठमाण्डौमा सीप मुलक तालिम सिकिरहेको छ ।” अधिकारीले भनिन् ।

त्यसैगरि अर्को घटना “१ जना सानो युवती बच्चा नै थियो । डान्सबारबाट हामीले उद्वार गरेका थियौँ । उसको शरीरको नाममा कपडा नै थिएन । मलाई रुन आयो । हामी कुन अवस्थाका प्राणी हौँ भनेर आफैलाई प्रश्न गर्दै रोएँ ।” अधिकारीले भनिन् । बजारमा कुनै समस्या आएमा आजभोली उप मेयरले गर्दा बढी प्रभावकारी हुने समेत बताउँदै उप प्रमुखलाई समेत खोज्ने गरेका छन् । समाजसेवी, युवा, महिला अधिकार कर्मीले समेत उप–प्रमुख उमा अधिकारीले चासो लिएर गर्दा त्यस्ता पीडितले छिटो न्याय पाएका प्रशस्तै घटना रहेका छन् ।
यस्ता समाजमा देखिएका बिभिन्न घटना देख्दा उद्वार गर्न पाए हुन्थ्यो भन्ने हुटहुटी आउने बताउँदै अधिकारी भन्छीन्, “यस्ता घटनालाई उद्धार गर्दा धेरै समय लाग्छ । ३।४ घण्टा सम्म लागेको छ ।” बिभिन्न कानुन तथा प्रहरी समक्ष पुयाउँदा नियम पूर्वक गर्दा समय लाग्ने उनले बताइन् ।

अन्त्यमा एक जना मान्छे सिद्धार्थनगर नगरपालिकाको उप प्रमुखको कार्यकक्षमा नमस्कार उपमेयरज्यू भन्दै प्रबेश गरे । उप प्रमुखले जुरुक्क उठेर आदरका साथ भनिन् “म तपाइँको पहिले देखि कै बहिनी । यो भाईको दिदी हो । मलाई बहिनी, दिदी भन्दा राम्रो लाग्छ । म कसैको छोरी कसैको दिदी, कसैको बहिनी हो सबैको भएर नै मलाई काम गर्ने मौका दिनु भयो मत दिनुभयो” भन्दै त्यहाँ भएका सबैलाई स्तब्ध बनाइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?