© २०२३
आकाश सुवेदी
गुल्मी भदौ १ ।
गुल्मीको छत्रकोट गाउँपालिकाका जनताले अव निशुल्क रगत पाउने भएका छन ।
छत्रकोट गाउँपालिका र नेपाल रेडक्रस सोसाईटी रुपन्देहीबीच निशुल्क रगत उपलब्ध गराउने बिषयमा शुक्रवार सहमति भएको हो ।
छत्रकोट गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेले छत्रकोटका जनतालाई अव रगत आवश्यक परेमा कुनैपनि प्रकारको रकम तिर्नु नपर्ने बताए ।
निशुल्क रगतका लागि नेपाल रेडक्रस सोसाईटी अन्तर्गतको रक्तसंचार सेबा केन्द्र बुटवल र भैरहवाबाट सेवा लिन सकिने गाउँपालिकाले जनाएको छ ।
पालिकाका अध्यक्ष पाण्डेले छत्रकोटबासीले आफ्नो ठेगाना खुल्ने परिचय पत्र लिएर रक्तसंचार सेवा केन्द्रबाट निशुल्क रगत पाउने बताए ।
अध्यक्ष पाण्डेले पालिका र रेडक्रसवीचको यो सम्झौताले पैसाको अभावमा उपचार गराउन सकस परेका बिरामीलाई धेरै राहत पुग्ने बताए।
पालिकाले स्थानीय जनतालाई राहत दिनेगरि आगामी दिनमा थप कार्यक्रम ल्याउने समेत प्रतिवद्धता जनाएको छ ।