ट्रेंडिंग:

>> प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबिच भेटवार्ता >> मौसम पूर्वानुमान : यी स्थानमा छ आज वर्षाको सम्भावना >> रोटरी बुटवलको समिक्षा सभा सम्पन्न >> दिल्लीकी मुख्यमन्त्री आतिशीसहित पाँच मन्त्रीको शपथ >> साफ यु–१७ च्याम्पियनसिप: नेपाल पाकिस्तानसँग पराजित >> योग स्टार अन्तिम आठमा >> घोराहीको मोटरसाइकल वर्कसपमा आगलागी >> नवलपरासीमा पोखरीमा डुबेर एक जनाको मृत्यु >> पोखरामा डेंगु : एक महिनामै ६ गुणा बढ्यो >> दशैँको लागि अग्रिम टिकट बुकिङ घटस्थापनाकाे एक हप्ताअघि खुलाउने तयारी >> ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान >> गिल र पन्तको शतकमा बंगलादेशलाई ५१५ रनको लक्ष्य >> मैथिल समाजको रुपन्देहीमा सामुहिक जीतिया पर्व >> हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली >> कोशी प्रदेशसभा अधिवेशन अन्त्य >> प्रकाश तिमी नपढेर हरायौ । >> प्रधानमन्त्री ओली न्युयोर्कमा >> तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालन >> ब्रेकअपपछि पनि सौगात र सृष्टि लगातार एकसाथ फिल्ममा >> नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति >> चाडबाडमा बजार अनुगमनलाई नियमित गरिने >> भगवानको प्रतीक गोधनी ट्याटु >> दुना–टपरी उद्योगः गरिबी न्यूनीकरण र वातावरण संरक्षणको उदाहरण >> कार्यालय सदरमुकाममै राख्नुपर्ने भन्दै ध्यानाकर्षण >> किताब बेच्ने मान्छे ! >> पुलको डिजाइनमा समस्या देखाउँदै ठेकेदार >> वलीको प्रेरणादायक उद्यम यात्रा >> अन्तरिक्षमा अन्तरिक्ष यात्रीको जीवन कस्तो हुन्छ ? >> राजापाक्षे भागेपछि श्रीलंकामा आज पहिलो राष्ट्रपति निर्वाचन हुँदै >> एरिका एसियन कराते च्याम्पियनसिपको फाइनलमा पुग्ने पहिलो नेपाली खेलाडी >> देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा धेरै वर्षाको सम्भावना >> दशैँको टीकाको साइत ११ बजेर ३६ मिनेटमा >> अनेरास्ववियु रुपन्देही संगठन विस्तारमा : बुटवल र तिलोत्तमाको नगर अधिवेशन सम्पन्न >> राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ रेडियो मुक्ति बुटवललाई >> माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु >> रविले ग्यालेक्सी टिभीमा तलबबापत लिएका थिए एक करोडभन्दा बढी >> राजश्व बाँडफाँड कर्णालीका लागि न्यायोचित छैन: मुख्यमन्त्री कँडेल >> लिस्नु क्वाटरफाईनलमा >> प्रधानाध्यापकको लापरबाहीले विद्यालयको पठनपाठन प्रभावित >> बुटवलमा निजी संस्थाले आफ्नो प्रचारका लागि सरकारी अस्पतालको नाम जोडेका सामग्री हटाउँदै  >> रवि लामिछाने बारे समितिमा कुमार रम्तेलको बयान ! >> रौतहटमा फैलियो झाडा पखला >> राष्ट्रपति पौडेलसमक्ष प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस >> अवैध तरिकाले बुटवल ल्याउँदै गरेका गोरू प्रहरी नियन्त्रणमा >> सहकारी समितिको प्रतिवेदन – गोर्खा मिडियामा रविले नै आर्थिक कारोबार गर्थे >> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै

दाङमा डेंगु संक्रमित बढ्दै

१ भाद्र २०८०, शुक्रबार
१ भाद्र २०८०, शुक्रबार

दाङ, १ भदौ ।

दाङमा डेंगुुका बिरामीको संख्या बढ्दै गएको छ् । जिल्लामा अहिलेसम्म ९१ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय दाङले जनाएको छ । तथ्यांक अनुसार, तुलसीपुर उपमहानगरपालिकामा २९, लमही नगरपालिकामा २३, घोराही उपमहानगरपालिकामा १४, गढवा गाउँपालिकामा १३ र राप्ती गाउँपालिकामा १२ जना गरी ९१ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय दाङका फोकल पर्सन कमल चन्दले जानकारी दिए ।

पालिकाहरूले दिएको विवरण अनुसार सबै उमेरका महिला, बालबालिका र पुरुषमा डेंगु सङ्क्रमण भएको चन्दले बताए । हालसम्म डेंगु सङ्क्रमणबाट कसैको मृत्यु भने भएको छैन । गत वर्ष जिल्लामा २ जनाको डेंगुका कारण मृत्यु भएको थियो । ज्यान गुमाउनेमा एक जना घोराहीका र अर्का दंगीशरणका थिए । जिल्लामा डेंगु रोगको जोखिम बढ्दै गएका बेलामा यसको नियन्त्रणका लागि पालिकाहरुमा दिनदिनै सचेतनाका कार्यक्रम भइरहेका छन् ।

डेंगु रोगले देशैभर महामारी लिन थालेपछि जिल्लाका सबै स्थानीय तहले रोग रोकथाम तथा नियन्त्रण गर्न विभिन्न प्रयास गरेका छन् । साथै पालिकाले सरोकारवालासँग छलफल समेत गरेका छन् । पालिकाहरूले रोगबाट जोगिन चेतनामूलक कार्यक्रमसँगै लामखुटे बस्ने वासस्थान र लार्भा नष्ट गर्ने अभियान नै चलाएका छन् ।

डेंगु नियन्त्रण तथा रोकथामका लागि लामखुट्टेले अण्डा पार्न सक्ने सम्भावित घर, विद्यालयभित्र र वरपरका पानी जम्ने सबै ठाउँहरू र पानी राख्ने भाँडाहरू खोजी खोजी सफा गरौँ र लामखुट्टेको फुलनष्ट गरौँ भन्ने जस्ता नारासहित अभियान नै चलाएका छन् । संक्रमण भएमा प्रसस्त पानी पिउन, झोलिलो तथा पोसिलो खानेकुरा प्रशस्त मात्रामा खान, पूर्णरूपमा आराम गर्न चिकित्सकको सुझाव छ । डेंगुका जटिल लक्षण देखिएमा तुरुन्त स्वास्थ्य संस्था लैजान चिकित्सकको सुझाव छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?