© २०२३
बुटवल, १ भदौ । बुटवलमा जारी प्रथम यु—१८ फाईव ए साईड फुटबल प्रतियोगितामा नव जिवन, आरकेएफसी, रिच किड र आहाना विजयी भएका छन । राधाकृष्ण युवा क्लबको आयोजनामा विहिबार भएको खेलमा नव जिवन एफसीले रामराम दैनाहा एफसीलाई ३–०, आरकेएफसीले प्रतित एफसीलाई १–०, रिचकिड एफसीले टिम शान्ति एफसीलाई ३–१ तथा आहाना एफसीले बेल्बास एफसीलाई ४–१ गोल अन्तरले पराजित गरेको हो ।
प्रतियोगिताको उपाधि विजेता टिमले नगद २० हजार रुपैया, कप, मेडल, प्रमाणपत्र तथा उपबिजेताले नगद १० हजार रुपैया, कप, मेडल प्रमाणपत्रबाट पुरस्कृत गरिने क्लबका अध्यक्ष यम बरालले बताए । यसैगरि बिधागत उत्कृष्ट गोलकिपर, उत्कृष्ट खेलाडी, र सर्वाधिक गोलकर्तालाई समेत पुरस्कृत गरिने उनले बताए भदौ ४ गतेसम्म चल्ने प्रतियोगितामा २४ टिमले उपाधिको लागि प्रतिस्प्रर्धा गरेका छन ।
शुक्रबार दोस्रो चरणका ३ खेलहरु हुने छन । पहिलो खेलमा थ्री स्टार र नयागाउ रोयल, दोस्रो खेलमा आरकेएफसी बि र रानीगंजा एफसी, तेस्रो खेलमा आरकेएफसी ए र रिचकिड एफसी बिच हुने खेल संयोजक बिश्वजित ताम्राकारले बताए ।
आजको खेल