ट्रेंडिंग:

>> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता >> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन >> बीआरआइ बारे कांग्रेसको स्पष्टोक्ति: अनुदान नै कार्यान्वयन भएका छैनन्, ऋणको कुरा नगरौं >> स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति >> काठमाडौमा एमालेको जागरण सभा सुरु (लाइभ) >> एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा >> अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट >> छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए >> एमालेको र्याली शुरु, दरबारमार्गमा जागरण सभा हुदै >> लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट, प्राविधिक सहयोगलाई निरन्तरता दिन आग्रह >> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन

प्रहरी निरीक्षकलाई कारबाहीको माग

१ भाद्र २०८०, शुक्रबार
१ भाद्र २०८०, शुक्रबार

कपिलवस्तु, १ भदौ । कपिलवस्तुको ईलाका प्रहरी कार्यालय पकडीका प्रहरी निरिक्षक शिवकुमार क्षेत्रीलाई कारवाहीको माग गर्दै मायादेवी गाउँपालिकाका जनप्रतिनिधीले ज्ञापनपत्र बुझाएका छन । नागरिकलाई सास्ती दिनुका साथै आफुहरूलाई दुव्र्यवहार गरेको आरोप सहित निरिक्षक क्षेत्रीलाई कारवाही माग गर्दै पालिकाका अध्यक्ष, वडा अध्यक्षहरू प्रशासन कार्यालयमा पुगेका हुन । मायादेवी गाउँपालिकाका अध्यक्ष वलिउद्दिन मुसलमान, प्रदेशसभा सदस्य मधुसुदनशरण चौधरी, वडा अध्यक्षहरू शैलेन्द्र कुमार यादव, राघवेन्द्र प्रसाद पाण्डेय लगायतका जनप्रतिनिधीले प्रमुख जिल्ला अधिकारी शंकरहरी आचार्य मार्फत केन्द्रिय गृहमन्त्री र लुम्बिनी प्रदेश प्रहरी कार्यालयलाई ज्ञापनपत्र बुझाएका हुन ।

ज्ञापनपत्र बुझाउने कार्यमा एक्यबद्धता जनाउन जसपाका प्रदेश नेता अब्दुल रसिद खाँ, एमाले नेता कैलाश अग्रहरी समेत प्रशासन कार्यालयमा पुगेका थिए । जिल्ला प्रशासन कार्यालय मार्फत जनप्रतिनिधीले गृहमन्त्रीलाई बुझाएको ज्ञापनपत्रमा साउन २८ गते जनगुनासो आए पछि ईलाका प्रहरी कार्यालयमा पुगेका अध्यक्ष सहितका जनप्रतिनिधीलाई निरिक्षक क्षेत्रीले दुव्र्यवहार गरेको उल्लेख छ । चेकजाँचका क्रममा बर्षातका बेला पनि बालबालिका सहित भएका महिलाहरूलाई सवार सवारी साधनलाई अनावश्यक दुखः दिएको उल्लेख गर्दै सो कार्यको घोर बिरोध गर्ने जनाईएको छ । अध्यक्ष र वडा अध्यक्षको संयुक्त हस्ताक्षर सहित बुझाईएको ज्ञापनपत्रमा आम नागरिकलाई अभद्र व्यवहार गर्ने तथा आफुहरू माथी दुव्र्यवहार गर्ने निरिक्षक क्षेत्रीलाई कारवाही नगरिए आफुहरू चरणबद्ध आन्दोलनमा जाने चेतावनी दिईएको छ । आफुहरू माथी दुव्र्यवहार गरेका निरिक्षक क्षेत्रीले बिभिन्न स्थानमा गएर स्थानियलाई भड्काएर आफुहरू बिरुद्ध उचाल्ने कार्य गर्दै आएको जनप्रतिनिधीहरूले आरोप लगाए ।

ज्ञापनपत्र बुझदै कपिलवस्तु जिल्लाका प्रजिअ शंकरहरी आचार्यले ज्ञापनपत्र सम्बन्धित निकायमा प्रेषित गर्ने प्रतिबद्धता जनाए । घटना बारे समयमै जानकारी गराएको भए समस्या तत्कालै समाधान गर्नको लागि आवश्यक बिकल्प खोज्न सकिने अवस्था रहेको प्रजिअ आचार्यको भनाई थियो । निरिक्षक क्षेत्री असुली धन्दामा लिप्त भएको र जनतालाई नियतबस दुखः दिदै आएको मायादेवी गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष शैलेन्द्र कुमार यादवले आरोप लगाए । निरिक्षक क्षेत्रीलाई कारवाही नभए जनप्रतिनिधी र जनसमुदायले शसक्त आन्दोलन गर्न बाध्य हुने उनले जानकारी दिए । निरिक्षक क्षेत्रीले गरेको अपमानजनक व्यवहारले आफुहरूलाई दुखी बनाएको बताउदै आफुहरू निजलाई आवश्यक कारवाहीका लागि ज्ञापनपत्र दिन आएको गाउँपालिका अध्यक्ष वलिउद्दिन मुसलमानले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?