© २०२३
बुटवल , १ भदौ । अर्घाखाँची जिल्लाको सन्धीखर्क नगरपालिका वडा नम्बर–६ निवासी बर्ष २६ मधु कुमाल विगत लामो समय देखि पेट सम्बन्धी विरामी भएर उपचारका लागि आर्थिक अभाव हुँदा सहयोगको लागि याचना गरेकी छिन् । केही मनकारी महानुभावहरुले सहयोग गरेकपनि उनको उपचारको लागि अझै रकम अभाव भएको हो ।
दक्षिण कोरियामा रोजगारीको लागि गएका नेपालीहरुले मधु कुमाल बचाउ अभियानको लागि व्याक्तिगत रुपमा सहयोग गरेका छन् । उनीहरुले रोजगारी बापत आएको रकम बाट केही निश्चित रकम पिडीत कुमाललाई प्रदान गरेका छन् । दक्षिण कोरियामा रहेका अर्घाखाँची जगतका कृष्ण प्रसाद भट्राई को पहलमा विभिन्न युवाहरुबाट संकलन गरिएको ८१ हजार ४ सय २० रुपैयाँ पिडीत मुध कुमाल को खातामा जम्मा गरिएको छ । विहिबार अर्घाखाँची सम्पर्क समाज कोरियाका सल्लाहकार विनोद खनाल, लुम्बिनी प्रादेशिक अक्सीजन प्लान्ट प्राविधिक बाबुराम अधिकारी, सञ्चारकर्मी राम बहादुर अधिकारीले संयुक्त रुपमा उक्त रकम पिडीत मुध कुमालको खातामा जम्मा गरेर भैचर प्रदान गरेका थिए । बुटवलमा रहेका सञ्चारकर्मी राम बहादुर अधिकारीको पहलमा कुमाल बचाउ अभियान अहिले जारी रहेको छ । सोही अनुसार अधिकारीले पिडीत कुमालको खातामा कोरियाबाट आएको रकम जम्मा गरिदिएका हुन ।
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारत रहेकी पिडीत कुमाल अहिले पनि उपचार जारी रहेको छ । विहिबार उनको पेटबाट ३ लिटर भन्दा बढि पानी निकालिएको छ । अर्घाखाँची बाट दक्षिण कोरिया गएका व्याक्तिहरुको समुह अर्घाखाँची सम्पर्क समाज दक्षिण कोरियाले समेत सहयोग गर्ने प्रतिवद्धता समेत जनाएको बताईएको छ । लामो समय देखि पेट सम्बन्धी रोेग लागेको तर घरको आर्थिक अवस्था निकै कमजोर भएको कारण अस्पताल सम्म गएर उपचार गर्ने रकम नहुँदा घरमा नै उपचारको लागि आर्थिक याचना गर्दै आएकी छिन् । उनलाई सहयोग गर्नको लागि मनकारी महानुभावले पिडीत मधु कुमाल को नाममा ग्लोबल आईएमी बैंक सन्धीखर्क शाखाको खाता नम्बरः ४९०७०१०१८९५१४ मा सहयोग गर्न सकिन्छ ।