© २०२३
बुटवल, ३२ साउन। विश्व ज्योतिष महासंघ लुम्बिनी प्रदेश समितिको आयोजनामा विहिबार बुटवलमा रक्तदान कार्यक्रम गरेको छ । सामाजिक उत्तरदायित्व अन्तरगत महासंघबाट रगत अभावलाई कम गर्ने लक्ष्यसहित कार्यक्रम गरेको विश्व ज्योतिष महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष जनार्दन न्यौपानेले बताए । ‘संस्थागत वर्षमा २ पटक रक्तदान कार्यक्रम गर्ने छौ ।’—उनले भने ।
ज्योतिषीय संस्था भएपनि विभिन्न सामाजिक कार्यमा अग्रसर हुने कार्यक्रमलाई प्राथमिकतामा राखेको उनले बताए । भर्खरमात्र स्थापना भएको संस्थाबाट एउटा राष्ट्रियस्तरको सम्मेलन समेत गरि हिन्दु धर्ममा रहेका विभिन्न दुविधा हटाउने र आध्यात्मिक एवं धार्मिक व्यक्तिहरुलाई निकै दिने काम गर्न सफल भएको उनले बताए ।
रुपन्देही रक्तसञ्चार केन्द्र, बुटवल ब्लड वैंकमा भएको रक्तदान कार्यक्रममा ३७ युनिट रगत संकलन भएको कार्यक्रमका संयोजक कमल पौडेलले बताए । संस्थामार्फत परिणाममुखी प्रशिक्षणात्मक एवं विभिन्न सामाजिक कार्यलाई निरन्तरता दिने उनले बताए ।