ट्रेंडिंग:

>> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शैया सञ्चालन गर्ने तयारी >> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत >> एमाले महाधिवेशन : भाइ सचिव, दाइ केन्द्रीय सदस्यमा विजयी >> विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित >> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> यी हुन एमालेमा निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्य (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण >> एमाले प्रारम्भिक मतपरिणाम : ओली १५६, पोखरेल ६७ >> औद्योगिक प्रदर्शनीको आज दिउँसो अर्थमन्त्रीबाट उद्घाटन हुने >> एमाले महाधिवेशन : सुरु भयो मतगणना >> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश >> आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी >> एमाले चुनावमा कसले हालेनन् भोट ? >> लुम्बिनीको सर्टिफिकेट चीनद्वारा मान्यता >> काठ चिरानमा जर्ती–दाउरा बढाएर घोटाला

गाउँगाउँमै पुगेर नि :शुल्क आँखा शिविर

३२ श्रावण २०८०, बिहीबार
३२ श्रावण २०८०, बिहीबार

चन्द्रौटा(कपिलवस्तु), ३२ साउन ।

कपिलवस्तुकाे शिवराज नगरपालिका वडा ३ ले गाउँमै पुगेर आँखा शिविर सञ्चालन गरेको छ । आँखा पाक्ने रोगको जोखिम बढसँगै गाउँघरमै शिविर सञ्चालन गरिएकाे हाे । वडाकाे खरेन्द्रपुर, मदवा र बलुहवा गाउँमा पुगेर नि:शुल्क शिविर सञ्चालन गरिएको जनाइएको छ ।

वडा नम्बर ३ मा भएकाे नि:शुल्क शिविरबाट एक हजार ५९१ जनाले सेवा लिएकाे जनाइएको छ । जसमध्ये ८९ जना मोतियाविन्दुका बिरामी फेला परेकाे चनई स्वास्थ्य चाैकीका प्रमुख जितेन्द्र बि.सी.ले जनाए । बिरामीहरुलाई नि:शुल्क अप्रेसनको लागि बहादुरगंज अस्पतालका लागि सिफारिस गरिएको बि.सी.काे भनाई छ । वडा अध्यक्ष टेकलाल सापकोटाले वडाबासीलाई आँखाको रोगबाट बचाउन निःशुल्क शिविर सञ्चालन गरेको बताए । सापकोटाकै नेतृत्वमा वडा र स्वास्थ्य चाैकीकाे संयुक्त आयाेजनामा वडाका विभिन्न गाउँमा पुगेर नागरिकहरुका आँखा जाँच शिविर गरिएको उनकाे दावी गरे ।

‘आम नागरिकलाई पायक पर्ने गरी आँखा शिविर सञ्चालन गरिएको छ । सापकोटाले भने : ‘अहिले महामारीको रूपमा आँखा पाक्ने रोग रहेकोले शिविर आयोजना गरिएको हो ।’ बिहीबार बलुहवामा आयोजित शिविरमा आँखा जाँच गर्ने नागरिकहरूको भिड लाग्यो थियाे । आँखा दुख्ने, आँखा पाक्ने, मोतियाबिन्दुको समस्या लगायतका बिरामीहरुले शिविरबाट लाभ लिएका स्थानीय बसन्त थारुले बताए । छन्द (कालेबाबु) नारायणी आँखा अस्पताल बहादुरगंजको स्वास्थ्यकर्मीको टोलीले आँखा जाँच गरिएकाे चनई स्वास्थ्य चाैकी प्रमुख जितेन्द्र बिसीले जनाए ।

वडा कार्यालयले महामारीको समयमा नागरिकहरुको लागि शिविर सञ्चालन गरेको प्रति थारुले प्रशंसा व्यक्त गरे । बहादुरगंज आँखा अस्पतालका प्रशासकीय अधिकृत जसराज विश्वकर्माले शिविरमा प्रभावकारी भएकाे जानकारी दिए । खरेन्द्रपुरमा भएको शिविरमा ७ सय ४९ जनाको आँखा जाँच गरिएको छ । त्यस्तै मदवामा भएको नि:शुल्क आँखा शिविरमा ३ सय ९० जनाले र बिहीबार भएकाे बलुहवा गाउँमा ४ सय ५२ जनाले जाँच सेवा लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?