© २०२३
बुटवल, ३२ साउन। होटल ब्यवसायीहरुको दक्षता अभिवृद्धि गर्ने लक्ष्यसहित रुपन्देहीमा ९ दिने निशुल्क होटल ब्यवस्थापन तथा पुनर्ताजगी तालिम सम्पन्न भएको छ । दिगो तथा सम्मानित रोजगारका लागि सीप परियोजना (ईन्स्योर), दोस्रो चरण र रुपन्देही उद्योग संघको सहयोगमा एशियन स्कुल अफ टुरिजम एण्ड होटल म्यानेजमेन्ट प्रालिको प्राविधिक सहयोगमा होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघ रुपन्देहीले तालिम संचालन गरेको हो ।
तालिममा सहभागी ब्यवसायी चेतनारायण आचार्यले आफ्नो ब्यवसाय, ब्यवसायका प्रकार, होटलका विभिन्न विभाग, विभागका महत्व, पदिय भुमिका र जिम्मेवारी, स्वस्थ्यकर खाना, नियमहरु त्यसको पालनाका बारेमा ज्ञान लिन सफल भएको बताए । पहिलेजस्तो सामान्य रुपमा होटल चलाउन नसकिने भन्दै उनले आधुनिक ब्यवसायको बारेमा धेरै जानकारी पाउन सफल भएको उनले बताए । बजारीकरण, ब्रान्ड, ब्रान्डको मूल्य, प्याकेजिङसम्मको जानकारीहरु लिएको उनले बताए ।
विहिबार एक समारोहका बिच रुपन्देही उद्योग संघका अध्यक्ष माधव पौडेल, संघका अध्यक्ष लेखनाथ भण्डारी, आस्थमका प्रबन्ध निर्देशक जिएस गुरुङ, संघका वरिष्ठ उपाध्यक्ष माधव खनाल, पर्यटन उपाध्यक्ष रोमाकान्त पाण्डे, महासचिव अर्जुन थापा, सहसचिव अर्जुन केसी, तालिमका कोअर्डिनेन्ट खिमानन्द रिजालले सहभागीहरुलाई प्रमाणपत्र वितरण गरे ।
कार्यक्रममा रुपन्देही उद्योग संघका अध्यक्ष माधव पौडेलले ईन्स्योरको रुपन्देहीमा संस्थागत रुपमा काम गर्दै आएको बताए । ११ वटा जिल्लामा ईन्योरबाट आवश्यक तालिमहरु चलाईरहेको भन्दै यो महत्वपुर्ण रहेको बताए। सेवा उद्योगको तालिमबाट धेरै उपयोगी विषय र ज्ञानहरु हुने उनले बताए । तालिमले सेवालाई थप उपयोगी बनाउन र आर्थिक उपार्जनमा समेत सहयोग मिल्ने उनले बताए ।
आयोजक होटल ब्यवसायी संघका अध्यक्ष लेखनाथ भण्डारीले ठूलो लगानी भएको होटल क्षेत्रलाई जिम्मेवार र मर्यादित बनाउन तालिमहरुको महत्व रहेको बताए । आफु लागेको पेशाको ज्ञान लिने र त्यसै अनुसार सेवा दिन मद्यत मिल्ने गरि सघमार्फत तालिमहरुलाई जोड दिएको उनले बताए ।
कार्यक्रम आस्थमका प्रबन्ध निर्देशक जिएस गुरुङले परियोजनाबाट धेरै प्रकारका तालिमहरु भएको बताए । २४ दिने देखि ४ महिनासम्मका तालिमहरु दिन सफल भएको भन्दै यी तालिमहरु गुणस्तरीय भएको दाबी गरे ।
संघका वरिष्ठ उपाध्यक्ष माधव खनालले छोटो तर महत्वपुर्ण तालिम सम्पन्न भएको बताए । आफुले सिकेको सबै कुराहरु आफ्नै ब्यवसायमा लागू गर्न सकिने उनले बताए । ब्यवसाय ठूला, मझौला र साना हुने र तालिमबाट सिकेको कुरा त्यसै अनुसार अगाडि बढ्न सकिने सम्भावना रहेको बताए ।
कार्यक्रममा शिक्षा तथा तालिम कार्यक्रमका संयोजक माधव ढकाल ४५ घण्टे तालिमबाट आफ्नो पेशा ब्यावसायमा थप मदत मिल्ने बताए । होटल ब्यवसाय एउटा पर्यटन ब्यवसाय हुदा पनि त्यहा आउने पाहुनालाई स्वागत सत्कार, ब्यवस्थापनका सिकाई भएको दाबी गरे । विश्व र नेपालको परिवेशमा होटललाई हेर्ने दृष्टिकोण, कस्ता होटलहरु छन । यहाका सेवाहरुका बारेमा समेत बुझ्ने रुपमा कार्यक्रम गरिएको बताए । रुपन्देहीका २० जना ब्यवसायीहरु सहभागी भएको तालिमलाई प्रशिक्षक राजेन्द्र पौडेल, अजय गौतमले सहजिकरण गरेका थिए ।