© २०२३
बर्दघाट, ३२ साउन । बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता सँस्थाले सरसफाई सामाग्री सहयोग गरेको छ । बर्दघाट नगरपालिका वडा नम्बर २ मा रहेको चिसापानी अस्पताललाई सँस्थाले सरसफाई एवं वातावरणिय सरसफाई कार्यक्रम अन्तर्गत विनियोजित बजेटबाट अस्पताललाई सरसफाईको लागि आवश्यक पर्ने सामाग्री हस्तान्तरण गरको हो ।
सरसफाईको लागि आवश्यक २० लिटर हार्पिक, ५ दर्जन साबुन, २० केजी सर्फ, ह्याण्डवास, १० लिटर फिनाइल, २० थान झाडुकुचो, ६ थान ट्वाइलेट ब्रस लगायतका सामाग्री हस्तान्तरण गरिएको सँस्थाका ब्यवस्थापक विष्णु भुसालले जानकारी दिए । १५ शैयाको अस्पातालले बर्दघाट नगरपालिकाको वडा नम्बर २,३,४,५,६,९,१० र ११ वडामा प्रत्यक्ष स्वास्थ्य सेवा पुर्याएको छ भने राजमार्गमा दुर्घटनामा परि घाइते भएकाहरुको उपचारमा समेत प्रत्यक्ष सेवा दिएको छ ।
सामाग्री हस्तान्तरण कार्यक्रममा बोल्दै सँस्थाका अध्यक्ष दिपक लम्सालले सँस्थाले खानेपानी र सरसफाईको क्षेत्रमा आवश्यक सहयोग गर्दै आएको र अस्पतालमा पनि सरसफाई क्षेत्रमा केहि टेवा पुगोस भन्ने उद्देश्यले सामाग्री हस्तान्तरण गरेको बताए ।
अस्पतालका अध्यक्ष इन्द्र प्रसाद सापकोटाले खानेपानी सँस्थाले कोरोनाको समयमा पनि सहयोग गरेको बताउँदै प्राप्त सामाग्रीहरुले अस्पतालको सरसफाईमा टेवा पुग्ने बताए ।
बर्दघाट नगरपालिका वडा नम्बर २ का अध्यक्ष गणेश बहादुर क्षेत्रीले चिसापानी अस्पताललाई थप सेवा र सुविधा सहित १५ शैया अस्पतालबाट बढाउनु पर्ने आवश्यकता रहेको बताउँदै सरोकारवाला निकायहरु नगरपालिका, प्रदेश सरकार र केन्द्र सरकारले अस्पतालको स्तरोन्नती गरी स्वास्थ्य सेवा थप सहज र शुलभ बनाउनु पर्ने बताए ।
कार्यक्रममा सँस्थाका उपाध्यक्ष कमल थापा, सचिव शोभाकान्त कोइराला, कोषाध्यक्ष राधा अधिकारी, लेखा सँयोजक नारायण भण्डारी, अस्पतालका ब्यवस्थापक रमेश न्यौपाने लगायत सँचारकर्मीहरुको उपस्थिती रहेको थियो ।