© २०२३
बुटवल, ३२ साउन । बुटवलको कालिका मानवज्ञान विद्यालयले प्लस टू मा कानुन संकाय तर्फ नेपाल प्रथम भएको दावी गरेको छ । परीक्षा बोर्डले सार्वजनिक गरेको नजिता अनुसार कानुन संकाय तर्फ विद्यालयका ३ जना छात्राहरू नेपाल प्रथम भएको विद्यालयका प्राचार्य दिनेश थापाले जानाकारी दिए ।
छात्राहरू बर्षा पाण्डे, अमृता घर्ती र रोशिका आचार्यले ३ दशमलव ७१ जिपिए प्राप्त गरेको उनले बताए । अहिले सम्म कानुन संकाय तर्फ उनीहरूले ल्याएको जिपिए सवैभन्दा धेरै भएको प्राचार्य थापाले बताए । कानुन, बिज्ञान, ब्यबस्थापन, शिक्षा र मानबिकि संकायमा समग्रमा ८२ दशमलव ०८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको उनले बताए ।
विज्ञान संकायमा मात्र ९५% विद्यार्थीहरू उत्तीर्ण भएका छन् । विज्ञान संकायमा १ जना विद्यार्थीले ३ दशमलव ८८ जिपिए ल्याएका छन् । ब्यबसथापन संकायमा पनि १ जना विद्यार्थीले ३ दशमलव ८८ जिपिए ल्याएका छन् ।
कक्षा १२ मा विद्यालयबाट कुल १ हजार ४६८ विद्यार्थी परीक्षामा सहभागि भएका थिए । जस मध्ये ३ दशमलव ६ देखि ४ जिपिए ल्याउने ८८ जना, ३ दशमलव २ देखि ३ दशमलव ६ जिपिए ल्याउने ५४९ जना, २ दशमलव ८ देखि ३ दशमलव २ जिपिए ल्याउने ४७५ जना, २ दशमलव ४ जिपिए देखि २ दशमलव ८ जिपिए ल्याउने १६४ जना र २ दशमलव ४ जिपिए ल्याउने ९ जना रहेको प्राचार्य थापाले बताए ।