© २०२३
२९ साउन, धनगढी । लगातार बर्षासंगै देशभरको जनजिवन प्रभावित भएको छ । यता महाकाली नदीमा पानीको सतह बढेपछि शारदा ब्यारेजमा चार पाङ्ग्रे सवारीसाधन आवागमनमा रोक लगाइएको छ ।
नदीमा पानीको बहाव बढेर एक लाख क्युसेक नाघेपछि आइतबार साँझदेखि सवारीसाधन सञ्चालनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले शारदा ब्यारेजमा बिहान ८ बजे पानीको सतह एक लाख ७२ हजार क्युसेक मापन गरिएको बताए ।
एक लाख क्युसेक नाघेपछि शारदा ब्यारेजमा चार पाङ्ग्रे सवारीसाधन आगमन आइतबार साँझदेखि रोक लगाइएको थियो । राति पानीको सतह बढे पनि सोमबार बिहानदेखि भने घट्दो क्रममा रहेको स्थानिय बासिन्दा बताउछन ।