© २०२३
काठमाडौ,२८ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकपछि अर्को काण्ड दोहोरिइरहँदा प्रधानमन्त्री पुष्पकमल दाहालले कुर्सी छाड्न ढिला गरिरहेको बताएका छन्।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा आइतबार आयोजित पत्रकार सम्मेलनका क्रममा उनले सरकारको विरोध गर्ने सबैलाई तह लगाउन खोजिएको भन्दै आक्रोश पनि पोखेका छन्।
प्रधानमन्त्री यति नालायक अयोग्य सरकारको नेतृत्व गरिरहनु भएको छ। उहाँले आफैं राजीनामा दिनुपर्ने हो– उनले भने–गृहमन्त्री र अर्थमन्त्री राजीनामा नदिई कसरी पदमा बस्न सकेका हुन् गृहमन्त्रीले जिम्मेवारी बिल्कुलै बहन नगरेर राष्ट्रिय झन्डा हल्लाएर हिँड्न अफ्ठेरो लाग्नुपर्ने हो।’
तर उनले प्रचण्डका लागि यस्ता कुरा पाच्य भइसकेको पनि टिप्पणी गरे। प्रधानमन्त्री रर मन्त्रीहरुमा नैतिकता भन्ने अलिकति पनि नरहेको ओलीको आरोप छ ।