© २०२३
काठमाण्डौ, २८ साउन । वरिष्ठ पत्रकार भैरव रिसालको जीवन भोगाइ समेटिएको ‘भैरव दाई’ पुस्तक लोकार्पण गरिएको छ ।
शनिवार काठमाडौंमा रिसालको ९६ औँ जन्म दिनको अवसर पारेर पुस्तक लोकार्पण गरिएको हो ।
पुस्तकमा रिसालको ‘रहरले कम्युनिस्ट, बाध्यताले पत्रकार’, ‘दुई सय रुपैयाँ घुस’, ‘हाम्रै हो लिम्पियाधुरा’, ‘सुशीला, सरकारी पत्रकार’, ‘चर्पी नबनाउनेको घरमा चिया खान्न म’, ‘जेल जीवन र राजनीति’, ‘चुनाव’, ‘गाउँको विकास’, ‘पत्रकार’, ‘उहिले बाजेको पालामा’, ‘लोभी पशुपति’, ‘राजासँगका भ्रमण’लगायत अनुभुति समेटिएका छन् ।
कार्यक्रममा बोल्दै वरिष्ठ पत्रकार रिसालले जीवन कर्कलाको पानी जस्तो भएको बताए । मानिसहरु जीवित रहुन्जेलसम्म राम्रो काम गर्नुपर्ने सुझाव दिदै उनले पुस्तकमार्फत जीवनमा भोगाइहरु साट्ने प्रयास गरेको बताए । ‘यो जिन्दगी कर्कलाको पातको पानी रहेछ, कहिले राम्रो देखिन्छ, कहिले झर्छ । मान्छेहरु बाँचुन्जेलसम्म राम्रो कर्म गर्नुपर्छ ।’— उनले भने । कार्यक्रममा विभिन्न राजनीतिक दलका नेताहरु, वरिष्ठ साहित्यकारहरुको उपस्थिति रहेको थियो ।
भिडियो सामग्री