ट्रेंडिंग:

>> बालबिबाह न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्न सरकारलाई आग्रह >> वालिङमा बौद्धिक विमर्श, राजनीतिक मतभेदले विकास रोकिएको निष्कर्ष >> सामाजिक संजालमा हातहतियार प्रदर्शन गरी त्रास फैलाउने पक्राउ >> उपाधिका लागि देवदह र आयोजक वेष्ट्रन भिड्ने >> मणिमुकुन्द भलिवल कप : गुजराँत एकेडेमी र गल्कोट भलिवल क्लब बिजयी >> जितगढी उत्सव: ऐतिहासिक किल्लालाई विश्व सम्पदा सूचीमा सूचीकृत माग >> सिंहदरबारभित्रै प्रदर्शन गरेका राजेन्द्र लिङ्देनसहितका नेताहरू रिहा >> अध्यक्षसहित थप नेता पक्राउ पछि राप्रपाको आकस्मिक बैठक बस्दै >> नेपाल प्रहरीमा १० डीआईजीको बढुवाकाे दौड सुरु, तीन समूहबीच प्रतिस्पर्धा >> महिला एकदिवसीय क्रिकेट विश्वकपमा पाकिस्तान टोली भारत नजाने >> रवि लामिछानेकाे तर्फबाट सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको निवेदन >> कमजोर बैंकिङ प्रतिवेदनले सेयर बजार ओरालो, नेप्से १६.६८ अंकले घट्यो >> शिक्षक आन्दोलनको प्रभाव, कर्णालीका विद्यालयहरु सुनसान >> गणतन्त्रमाथि कुनै खतरा छैन : प्रचण्ड >> लिङ्देन र ज्ञानेन्द्र शाही सिंहदरबारबाट पक्राउ >> एमालेले वैशाख ११ लोकतन्त्र दिवसको अवसरमा युवा भेला विशेष हुने >> जितगढी विजय उत्सव (लाइभ) >> ज्ञानेन्द्र शाही सिंहदरबारमै ‘नजरबन्द’, आन्दोलनमा जान पाएनन् >> संबैधानिक निकायका ५२ नियुक्तिमाथि सर्वोच्च अदालतमा सुनवाइ जारी >> सेनाको पदयात्रा टोली बुटवलमा : जितगढीमा विजय उत्सव (फोटो फिचर) >> माइतीघर देखि बानेश्वरसम्म तीन समुहको प्रदर्शन जारी >> शिक्षा ऐन नआएसम्म आन्दोलन नरोकिने भन्दै शिक्षक महासंघले आइतबार पनि काठमार्डौंमा प्रदर्शन >> वाणिज्य बैंकहरूको त्रैमासिक वित्तीय विवरण सार्वजनिक, नाफामा थोरै उकालो >> बदाम तेल एक, फाइदा अनेक >> भट्टको मुद्दा न्यायधिस फुयाँल र पाण्डेको इजालसमा >> शुक्रबारकै भाउमा सुनचाँदीको मुल्य >> रौतहटमा ५४९ सवारी दुर्घटना ३८ को मृत्यु,९०० बढी घाईते >> कोहलपुरमा फेन्सी पसलमा आगलागी >> अमेरिका भर ट्रम्प बिरूद्द हजारौंको प्रदर्शन >> गौतमबुद्ध विमानस्थलमा नियमित सञ्चालनका लागि पहल गरिरहेका छौं : मुख्यमन्त्री आचार्य >> राप्रपाका सिमित नेताले मात्रै निषेधित क्षेत्र तोड्ने >> तिलोत्तमामा १५ दिने नेपाल भाषा प्रशिक्षण सम्पन्न >> ‘आदिवासी जनजातिको माग मुद्दा सम्बोधन गर्न आवश्यक’ >> नेपाली सेनाको पदयात्रा तानसेनमा >> परियोजनाको उपलब्धि परीक्षणमा केन्द्रीय टोली दाङमा >> कंगोमा डुंगामा आगलागी हुदाँ मृत्यु हुनेको संख्या १४८ नाघ्यो >> जितगढीको ऐतिहासिकता >> नेपालीमाथि हुने दुव्र्यवहारका घटना रोक >> जितगढी किल्लामा ‘विजय उत्सव’ >> जितगढी के हो के भयो, के हुनुपर्छ ? >> आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना >> राप्रपालाई गृह मन्त्रालयको चेतावनी– निषेधित क्षेत्र तोडे कारबाही हुन्छ >> सिलगुरी एफसीविरुद्ध सहज जित निकाल्दै पुलिस सेमिफाइनलमा >> माछा पालक किसान र दाना उत्पादक कम्पनी विच अन्तरक्रिया >> अर्थमन्त्री पौडेल हस्तक्षेपकारी बजेटको पक्षमा : रकम कटौती हुने भएपछि धेरैजसो मन्त्रालय असन्तुष्ट >> रमन श्रेष्ठलाई बार अध्यक्ष मिश्रको चुनौती : तपाईँ तयार हो भने सबै वकिलको दलीय सदस्यता खारेज गरौँ >> संविधानको रक्षा गर्न गणतन्त्रवादी दल एक ठाउँमा उभिन सहमत >> पौरस्त्य समाज नेपालको पुनर्गठन >> मुख्यमन्त्री आचार्यद्वारा १० औं मणिमुकुन्द कप पुरुष भलिबल प्रतियोगिताको उद्घाटन >> युवा सम्मेलनमा राष्ट्रिय युवा संघ नेपाल रूपन्देहीले २३ सय ५० युवा काठमाडौ लैजाने 
सम्पादकीय

लुम्बिनीलाई विवादित नबनाऊ

२८ श्रावण २०८०, आईतवार
२८ श्रावण २०८०, आईतवार

लुम्बिनी विकास कोषको उपाध्यक्षमा ल्हारक्याल लामाको पछिल्लो नियुक्तीले पवित्र बुद्ध भूमि लुम्बिनीलाई अनावश्यक विवादित बनाउने प्रयास भैरहेको छ । त्यसैपनि विवादास्पद छवि भएका लामाको नियुक्त आम नेपालीमात्र होइन विश्वकै बौद्ध धर्मावलम्बीहरूका लागि अप्रिय बन्दै आएको छ ।

लामाको लुम्बिनी जस्तो स्थानमा भएको नियुक्तीले सरकार विवादमा परेको छ । त्यसमाथि लामाले लुम्बिनीमै आएर पदभार ग्रहण गरेपछिको पहिलो निर्णयले तरंग सिर्जना गरिदिएको छ । विवादका बीच लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्त भएका ल्हारक्याल लामाको पहिलो निर्णय नै विवादित भएको छ । लामाकै अध्यक्षतामा शुक्रवार लुम्बिनीमा बसेको कोषको सचिवालय बैठकले लुम्बिनी बिकास कोषको सम्पर्क कार्यालय काठमाण्डौमा स्थापित गर्ने गृहकार्य गरेकोमा लुम्बिनी बचाउ संघर्ष समितिले आपत्ती प्रकट गरेको छ । पहिलैदेखि बिबादित छबि भएका नवनियुक्त उपाध्यक्ष लामाले लुम्बिनी प्रवेशसँगै गरेको पहिलो निर्णय लुम्बिनीका स्थानीय वासिन्दालाई मान्य नभएको चेतावनी दिएका छन । कोषको सम्पर्क कार्यालय काठमाडौँ खोल्न प्रक्रिया थाल्ने निर्णयले आम लुम्बिनीमात्र होइन लुम्बिनीप्रति चासो र चिन्ता राख्ने सवैलाई चिन्तित बनाएको छ । उपाध्यक्ष लामाले मायादेवी मन्दिरको जीर्णोद्धारका लागि व्यक्तिगत रूपमा ७ करोड रूपैया सहयोग गर्ने निर्णय पनि गरेका छन तर सहयोग दिएको नाममा जुनकुनै निर्णय गर्न पाईदैन भन्ने हेक्का लामाले पनि गर्नु जरूरी छ । तत्कालीन पर्यटन संस्कृति तथा नागरिक उड्डयनमन्त्री आनन्द पोखरेलको पालामा हटाएको लुम्बिनी बिकास कोषको सम्पर्क कार्यालय पुनः काठमाण्डौंमा स्थापना गर्ने प्रस्ताव स्थानीय लुम्बिनीका जनतालाई मान्य हुँदैन् ।
उपाध्यक्षमात्रै होइन उनको प्रस्तावलाई समर्थन गर्दै कोषका कोषाध्यक्ष ढुण्डीराज भट्टराई (सिद्धिचरण), सदस्य सचिव सानुराजा शाक्य तथा योजना प्रमुख इन्जिनियर सरोज भट्टराईले समर्थन जनाउँदै निर्णयमा हस्ताक्षर गरेका छन् । त्यस हिसावले यो प्रस्ताव केवल उपाध्यक्षको मात्रै होइन, यसको गुणदोषको जिम्मा कोषका चारैजना हस्ताक्षरकर्ताले लिनुपर्दछ । लुम्बिनीका हरेक गतिविधिमा चासो र सहभागीता राख्दै सहकार्य गर्दै आएको लुम्बिनी बिकास मन्चले पनि लुम्बिनी बिकास कोषको काठमाडौमा सम्पर्क कार्यालय पुनः स्थापना गर्ने कार्य गलत भएको भन्दै त्यसका बिरुद्ध आन्दोलन गर्न स्थानीय समुदायलाई अनुरोध समेत गरेको अवस्थामा लुम्बिनी विकास कोषले आफ्नो प्रस्तावमा पुनर्विचार गरोस् ।

लुम्बिनी विकास मन्चले लुम्बिनी विकास कोषको हटाईसकेको काठमाडौको कार्यालय पुनस्र्थापना गर्ने प्रस्ताव केन्द्रीकृत मानसिकताको उपज मात्र नभई लुम्बिनीको अपमान भएको जनाएको छ । लुम्बिनीको कुनैपनि शाखा, प्रशाखा वा सम्पर्क कार्यालय अन्य स्थानमा हुनुहुँदैन भन्ने होइन । सरकारले आवश्यकता ठान्छ भने काठमाण्डौंमा मात्रै होइन विदेशमा पनि सम्पर्क कार्यालय खोल्दा हुन्छ । तर, प्रश्न के हो भने काठमाण्डौंमा सम्पर्क कार्यालय स्थापना गरेपछि कोषका पदाधिकारीसमेत काठमाण्डौं बस्ने र लुम्बिनीको विकासलाई ओझेलमा पार्ने काम हुन्छ भन्ने हो । विगतमा पनि काठमाण्डौंमा सम्पर्क कार्यालय थियो र लुम्बिनीमा कोषको केन्द्रिय कार्यालय थियो । तर, काठमाण्डौंको सम्पर्क कार्यालयलाई केन्द्रिय कार्यालयजस्तै बनाइयो । कोषका पदाधिकारी काठमाण्डौं बस्ने र बर्षमा एक दुईपटकमात्र लुम्बिनी आउने गरेको देखेकै बिषय हो । त्यही नियती फेरीपनि दोहो¥याउने प्रयास भएको छ । लुम्बिनीका जनताले सम्पर्क कार्यालयको विरोध होइन कि पदाधिकारीको प्रवृत्तिको विरोध गरेका हुन । तसर्थ फेरीपनि सम्पर्क कार्यालयको नाममा काठमाण्डौंमा बस्ने केन्द्रिकृत मानसिकता अव त्याग्नु जरूरी छ । लुम्बिनी विकास कोष लुम्बिनीमै सकृय हुनु जरूरी छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?