© २०२३
बुटवल, २७ साउन । प्रथम लाफा अन्तर बिद्यालय शिक्षक कर्मचारी भलिबल प्रतियोगिता शुरु भएको छ । दिपनगरस्थित आफनै खेल मैदानमा सुरु उदघाटन खेलमा कालीका माबि बुटबल बिजयी भएको छ । मणिमुकुन्द माबि बुटबल र कालिका माबि बिच भएको खेलमा कालिकाले सोझो सेटमा हराउदै बिजयी भएको हो ।
दोस्रो खेल होराईजन माबि रातो र अक्सफोर्ड माबि बिच भएको खेलमा होराईजन रातो बिजय भएको छ । ज्ञान्कुन्ज माबी र न्युहोराईजन माबी बिच भएको खेलमा ज्ञानकुन्ज माबी बिजयी भएको खेल सयोजक बिजय गुरुङले बताए । सिद्धार्थ माबि र प्यारामाउट माबि बिच भएको खेलमा सिद्धार्थ माबि बिजयी भएको छ ।
तेस्तै कान्ती माबि र नबिन औद्योगिक कदरबहादर रिता माबि बिच भएको खेलमा कान्ती माबि बिजयी भएको हो । एभरेष्ट माबि र त्रिभुबन माबि बिच भएको खेलमा एभरेष्ट माबि बिजय भएको हो । उद्घाटन कार्यक्रममा बोल्दै बुटबल उपमहानगरपालीका बडा नम्बर ८ का बडा अध्यक्ष यज्ञ प्रसाद पंगेनीले मानिसका लागि खेलकुद जरुरी रहेको बताए । अध्यक्ष बबिन थापाले लाफाको पहिचान भनेकै खेलकुद भएकाले यस बर्ष देखि बिद्यालयका शिक्षक कर्मचारीलाई मध्यनजर गरेर भलिबल खेल आयोजना गरिएको बताए ।
खेलमा प्रथम हुनेले २५ हजार, दोस्रो हुनेले १५ हजार र तेस्रो हुने टिमले १० हजार कप मेडल प्रमाणपत्र पाउने छन भने सान्त्वना हुने टिमले नगद ५ हजार पाउने सस्थाका सँरक्षक बासुदेब लामिछानेले बताए । ३ दिन सम्म चल्ने खेलमा रुपन्देहीका १५ टिमको सहभागीता रहेको आयोजकले जनाएको छ ।