© २०२३
बुटवल, २७ साउन– युएई स्थित वर दुबईको सिन्धमा भागवत चर्चा, पुजा अर्चना, ध्यान लगायतका आध्यात्मिक कार्यक्रम गरिएको छ । श्रीबैष्णव परिषद युएई को आयोजनामा भएको आध्यात्मिक कार्यक्रममा नेपाली समुदायका विभिन्न संघसंस्थाहरूका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा हिन्दु धर्मावलम्बीहरुले अप्नाउने पुजा विधि, कपुर आरती, श्रीबैष्णव परिषदको गठन तथा बैष्णवको बारे सम्पत स्वामीजीले प्रकाश पारेका थिए । युएईमा बसोबास गर्ने वैष्णवहरुको तथ्यांक संकलन गरि एकतावद्ध गराउदै श्रीवैष्णवहरुको सामुहिक भगवानको सेवा, पुजा, आराधना, अर्चना, बन्दना, मन्त्र उच्चारण, आरती भजनलाई निरन्तरता दिने उद्येश्यका साथ कार्यक्रम गरिएको स्वामीजी निर्मल आचार्य बताए ।
संस्थाबाट आगामी वर्षहरुमा गरिने कार्यक्रमका बारेमा कार्ययोजना प्रस्तुत गर्दै परिषदका उपाध्यक्ष अन्जली आमाजीले मानव जातीलाई सतमार्गमा लैजान धर्म एउटा सुत्र भएको बताईन ।
सस्थाका अध्यक्ष स्वामीले भागवत चर्चा, ध्यान पुजा गरि आध्यात्मिक र भागवतमय बनाएका थिए । पुजाका अर्चक स्वामीजी निर्मल आचार्य, राम स्वामीजीबाट भक्तहरुलाइ प्रसाद बितरण साथै भगवानको नाम किर्तन समेत गरेका थिए । कार्यक्रमको ब्यबस्थापन संस्थाका महासचिब मणि खतिवडाले पुजन कार्यलाई समुहमा गर्ने र संस्कृति संरक्षणमा जोड दिने बताए ।