ट्रेंडिंग:

>> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र

फेरि मिसनमा रोकियो बिमितको उपचार

२५ श्रावण २०८०, बिहीबार
२५ श्रावण २०८०, बिहीबार

पाल्पा, २५ साउन । सरकारले भुक्तानी नदिएपछि तानसेनको युनाइटेड मिसन अस्पतालले स्वास्थ्य बीमा कार्यक्रम स्थगित गरेको छ । लामो समयदेखि बीमितको उपचार गरेबापतको रकम भुक्तानी नपाएपछि अस्पतालले आइतबारदेखि स्वास्थ्य बीमा कार्यक्रम रोकेको हो ।

बिरामीको भिडभाड हुने मिसन अस्पतालले यसअघि नै सूूचना जारी गर्दै साउन २१ गतेदेखि बिमा उपचार सेवा गर्ने जानकारी दिएको थियो । बोर्डले सम्झौता अनुरूप काम नगरेको र समयमै भुक्तानी नदिएकाले सेवा नै बन्द गर्नुपर्ने अवस्था आएको अस्पतालले जनाएको छ । स्वास्थ्य बिमा बोर्डले अस्पताललाई करिब १४ करोड रूपैयाँ भुक्तानी गर्न बाँकी छ । अस्पतालले सेवा स्थगित गरेपछि सेवा लिन आउने हजारौं बिमित सेवाबाट बञ्चित भएका छन् ।

स्वास्थ्य बीमा बोर्डले हालसम्म पनि नियमित तथा समयमै भुक्तानी नदिएको, विना कारण दाविहरू अस्विकृत गर्ने गरेको, बोर्डको दररेट अस्पतालको दररेट भन्दा धेरै कम हुँदा अस्पताल सञ्चालनमा समस्या आएकाले बिमा उपचारको सेवा स्थगित गर्नुपरेको अस्पतालकी निर्देशक डा. रचेल कारखले बताइन् । उनका अनुसार हालसम्मको बक्यौता रकमको भुक्तानीको साथै समय अनुसारको औषधि उपचारको मूल्य संमायोजन नहुँदा सम्म बिमा उपचार सेवा स्थगित गरिएको हो ।साउन २१ गतेसम्म करिब १४ करोड रकम अझै बाँकी रहेको अस्पतालका प्रशासकिय अधिकृत जीवन भट्टराईले बताए ।

मिसन अस्पतालले नियमसंगत रकम दाबी नगर्दा भुक्तानीमा ढिलाई भएको स्वास्थ्य बीमा बोर्डले जनाएको छ । बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलाले अस्पतालले नियमसंगत र सम्झौता विपरीत भुक्तानी दाबी गरेपछि केही ढिला भएको बताए । उनले भने ‘हामीले नियमसंगत कागजी प्रक्रिया पुरा गरेका अस्पतालहरूलाई हरेक महिनामा रकम पठाउने गरेका छौं, मिसन अस्पतालले केही वर्ष अघि दाबी रकम बिगारेर पठाउँदा त्यो मिलाउँदा सम्मको लागि भुक्तानी रोकेका थियौं, तर पछि कागजी प्रमाण मिलाएर आएपछि हामी भुक्तानी गरेको हौं, त्यसबेला ग्यापिङ्ग हुँदा केही रकम बक्यौंता रहेको हो ।’ भदौं पहिलो हप्तामा ५/७ करोड पठाउने गरी काम भएको निर्दैशक बसौलाले बताए ।

सेवा स्थगित भएसँगै उनीहरू मर्कामा परेका छन् । सरकारले बिमामार्फत हुने उपचार सेवा सजिलो, सर्वसुलभ बनाउनुपर्ने तानसेनका जयराम सापकोटाले बताए । सञ्चारमाध्यमहरूमा स्वास्थ्य बीमा गर्न भन्दै प्रचार–प्रसार हुँदै आएको छ तर उपचार दिने संस्थाहरूले भने सेवा बन्द गर्दै जानु दुःखद् भएको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?