© २०२३
बुटवल २४, साउन। बाल शिक्षामा नाम कमाएको शिशु ज्ञानकुञ्ज बिद्यालयमा अभिभावक अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । विद्यालय ब्यवस्थापनको आयोजनामा बुधबार विद्यालयमा प्ले—वे विधिमा अभिभावकको कार्यशाला गरिएको हो ।
अभिभावकहरुलाई बालबालिका, खेल र यसको महत्व बुझाउने गरि काठमाण्डौ बाहिर पहिलो पटक कार्यशाला गरिएको विद्यालयका प्राचार्य रिता शर्माले बताइन । कार्यक्रममा सहभागी अभिभावक तथा बालबालिकाहरुलाई सहजिकरण गर्दै लावन्या ईन्टरनेश्नलका प्रशिक्षक लिला महर्जनले खेल प्रति बालबालिका र अभिभावकलाई बुझाउन जरुरी रहेको बताईन । पछिल्लोसमय बालबालिकामा प्रविधिको कारण सिर्जनशीलता कम हुने डर भएको भन्दै मनोसामाजिकमा टेवा पुग्ने गरि कार्यक्रम गरिएको बताइन ।
प्रारम्भिक बालबिकासमा खेलको महत्व बारे खेलको महत्व बारेमा प्रशिक्षक अनु महर्जनले जानकारी दिदै सर्वाङ्गीण विकासको अवसर तथा जीवनोपयोगी सीप पाउन यसको महत्व रहेको बताईन ।
कार्यक्रममा बालबालिकाहरुले बिषयबस्तु अन्तरगतका बिभिन्न खेलहरु प्रदर्शन गर्नुका साथै अभिभावकहरु आफ्ना बालबालिकाहरुसंग खेलमा सहभागी भएका थिए । कार्यक्रममा कक्षा १ देखि ३ सम्म अध्ययरत बालबालिका र अभिभावकहरुको सहभागिता रहेको संयोजक तुल्सा माया थापाले बताइन ।