© २०२३
बुटवल,२४ साउन । गौर हत्याकाण्डबारे पीडितसँग सरकारले गरेको सहमतिप्रति जनता समाजवादी पार्टी जसपा सशंकित भएको छ । पीडितसंग भएको सहमतिको पहिलो बुंदामै उक्त घटनाको छानवीन गरी दोषी प्रमाािण्त भएमा कारवाही गर्ने उल्लेख छ ।
यस विषयमा छलफल गर्न जसपाका नेताहरु पार्टी केन्द्रीय कार्यालय, बालकुमारी ललितपुरमा आकस्मिक वैठक बस्न लागेको जसपाका नेता मनिष सुमनले बताए । बुधबार सरकार र गौर हत्याकाण्ड पीडित संघर्ष समितिबीच २७ जनाको ज्यान जाने गरी १७ वर्षअघि भएको हत्याकाण्डको अनुसन्धान गरी दोषीलाई कारबाही गर्ने सहमति भएको छ ।
लगत्तै जसपाका नेताहरु अनौपचारिक छलफलमा जुटेका हुन् ।
अनौपचारिक छलफलबाट धारणा बनाउने र आवश्यक परे औपचारिक बैठक राखेर पार्टीको धारणा सार्वजनिक गरिने नेताहरुले बताएका छन् ।
यसैबीच नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले सरकारले १७ वर्षअघि भएको उक्त हत्याकाण्डको अनुसन्धान गरी दोषीलाई कारबाही गर्ने सहमति गरे पनि त्यसको कार्यान्वयनमा हुनेमा आशंका व्यक्त गरेका छन् । ट्वीट गदैृ उनले गौर हत्याकाण्डको आन्तरिक र बाहृय जरो नखोतलीकन र सत्ताको अंकगणितभन्दा माथि नउठिकन यसबारे पीडित आन्दोलकारीहरूलाई पटकपटक फोस्रा आश्वासन दिनुको कुनै अर्थ नहुने उल्लेख गरेका छन् ।
गौर हत्याकाण्ड राज्यविरूद्धको विद्रोहको क्रममा घटेको घटना नभएको पनि उनले बताए ।