© २०२३
काठमाडौं,२४ साउन । नेपाल विद्यार्थी संघमा संस्थापन पक्षले एकलौटी गरेको भन्दै लफडा भएको छ । संस्थापन इतर समूहले समानान्तर केन्द्रीय कार्यसमिति घोषणाको तयारी गरेको छ ।
पार्टी सभापति शेरबहादुर देउवाले विधान विपरीत नेपाल विद्यार्थी संघमा सदस्य थप गरेको भन्दै असन्तुष्ट विद्यार्थीहरूले नेविसंघ समानान्तर कार्यसमिति घोषणाको तयारी गरेको हो ।
नेविसंघको विधानले १५१ सदस्य मात्रै वैधानिक हुने भने पनि सभापतिले ७१० जनालाई अवैधानिक रूपमा मनोनयन गरेपछि आन्दोलित हुनुपरेको कांग्रेसका महाधिवेशन प्रतिनिधि एवं नेविसंघ त्रिविका नेता योगेन्द्र रावलले बताए ।
पार्टीले दुजाङ शेर्पालाई ६ महिनाभित्र केन्द्रीय अधिवेशन सक्ने गरी जिम्मेवारी दिए पनि उनले डेढ वर्षसम्म कुनै इकाईको अधिवेशनसमेत गर्न नसकेको बताए ।
२ बजे पार्टी कार्यालय सानेपामा समानान्तर केन्द्रीय कार्यसमितिको घोषणा गर्ने तयारी गरिएको छ ।
Photo : File