ट्रेंडिंग:

>> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र

प्रदेश राजधानीमा किसानको तरकारी बेच्न सडक पेटीको सहारा

२४ श्रावण २०८०, बुधबार
२४ श्रावण २०८०, बुधबार

लमही, २४ साउन ।  लमही नगरपालिकाले तरकारी बजार व्यवस्थापन नगर्दा आफूले उत्पादन गरेको तरकारी बेच्न किसानहरू लमहीका सडक पेटीमा आश्रय लिँदै आएका छन । तरकारी विक्रि वितरणका लागि निश्चित स्थान नहुँदा उनीहरू सडक पेटीमा आश्रय लिँदै आएको बताउँछन ।

लमही नगरपालिकाका अधिकांश वडाहरूमा मौसमी तथा वेमौसमी तरकारी उत्पादनका लागि हव मानिन्छ । यहाँका किसानहरू तरकारी उत्पादन गर्दै आफैले उत्पादन गरेको तरकारी लमही बजारमा बसेर आफैले बिक्रीवितरण गर्दै आएका छन । लमहीमा दैनिक सयौ क्वीन्टल तरकारी बिक्री हुने गर्दछ । तरकारी संकलन केन्द्र नभएका कारण स्वयं किसानहरूले उत्पादन र बिक्री स्वयं आफैैले गर्ने गर्दछन ।
संकलन केन्द्र नहँुदा आफूले उत्पादन गरेको तरकारी कहाँ राखेर बिक्री गर्ने भन्ने स्वयं किसानलाई नै थाहा नहुने तरकारी उत्पादन कृषक रामविलास चौधरी बताउँछन । ‘पानी नआउँदा त सजिलै लमहीका सडकमा बस्छौं पानी आयो भने कहाँ बसेर बेच्ने भन्ने अन्यौल हुन्छ । बजारमा रहेका घरहरूका पेटीमा आश्रय लिन्छौं,’ उनले भने ।

यद्यपि पेटीहरूमा आश्रय लिन भने यति सहज नभएको अर्का व्यापारी रामपति चौधरी बताउँछिन । फोहोर हुन्छ भन्छन । बिहान सरसफाइको वेलामा पिँढीमा बसेपछि सफाइ गर्न पाउँदैन अनि मालिक फोहोरो भयो भन्दै कराउँछन मलिनो मुहार लगाउँदै चौधरी भन्छिन ।
१५ वर्ष भयो तरकारी उत्पादन गरेर आफैले बिक्री गरेको । कति निर्वाचन भए सबै निर्वाचनमा तरकारी बिक्री वितरणलाई व्यवस्थापन गर्छौ भन्दै भोट माग्छन दियो  निर्वाचन जिते पछि फर्किए हामीलाई हेरेका पनि छैनन लमही नगरपालिका–७ भैसकुर्माकी सिता चौधरीले दुखेसो गरिन । केही समय हामी लमहीको सार्वजनिक बगैंचामा तरकारी राख्ने बिक्री गर्ने गरेका थियौं । त्यहाँबाट पनि हटाइयो अहिले सडकमै बेच्छौं पानी आउँदा तरकारी कहाँ लाने स्थानीय सरकारले सुनेन् उनले भनिन ।

यता लमही नगरपालिकाका पूर्व मेयर कुल बहादुर केसीले आफनो पहिलो कार्यकालबाट लमहीलाई राष्ट्रिय तरकारी उपजकेन्द्र बनाउने कार्ययोजना सहित पारित गरेका थिए । त्यसका लागि लमही नपा ४ मा रहेको पुरानो कृषि उपज केन्द्रलाई पुनमर्मत समेत गरिएको लमही नगरपालिका ५ का वडा अध्यक्ष ओम प्रसाद सुवेदीले बताए ।

सो स्थानमा प्रदेश सरकारको ट्रमा सेन्टर बनाउने जग्गा छनौटमा परे लगत्तै कृषि उपज केन्द्रका निर्माणधिन संरचना भत्काइएको पनि उनले बताए । लमही नगरपालिकाका मेयर जोगरा चौधरीले भने तरकारी संकलनको लागि उपयुक्त जग्गाको खोजीमा रहेको बताउँछन । उनले ढिलो भए पनि किसानलाई राहत हुने गरि आफ्नो कार्यकालमा व्यवस्थापन गर्ने बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?