© २०२३
बुटवल,२३,साउन ।
बुटवल राउण्ड टेबल २८ को ५ औं वार्षिक साधारणसभा बाट अध्यक्षमा निरज प्रसाद लाकौल निर्वाचित भएका छन् । साधारण सभाबाट उपाध्यक्षमा टेबलर प्रदिप शाक्य, सचिवमा टेबलर रिषव वझा, कोषाध्यक्षमा टेबलर अनिश कसौधन निर्वाचित भएका हुन । यस्तै कार्यसमिति सदस्यहरु बिवेक कसौधन, सुमित वझा, प्रमित बज्राचार्य , नितिस पटवा निर्वाचित भएका छन ।
कार्यक्रममा निवर्तमान अध्यक्ष टेबलर उमेश अमात्यले आफ्नो कार्यकाल (२०२२/२३) को कार्यक्रम प्रगति र आर्थिक विवतण प्रस्तुत गरेका थिए । त्यस्तै कार्यक्रममा पुर्व अध्यक्षहरु टेबलर अखिलेश गुप्ता, आशिष् श्रेष्ठ , आनन्द वझा, सन्जिव श्रेष्ठ लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
क्लबले गत हप्ता मात्रै देवदह स्थितसाई बाबा बिद्या पीठ सामुदायिक बिद्यालयलाई २ कक्षा कोठा सहितको भवन निर्माण गरि हस्तान्तरण गरेको थियोे । उक्त भवन पुर्व सदस्य स्व. अनिश ह्योजु को स्मृतिमा निर्माण गरिएको थियो । सामाजिक क्षेत्रमा संस्थाले विभिन्न समयमा वृक्षरोपण , रक्तदान, सारसफाई, शिक्षा क्षेत्रमा कार्य गर्दै सामाजिक क्षेत्रमा सहयोग गर्दै आएको छ ।