© २०२३
बुटवल,२३ साउन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद वैठक रोक्न नपाइने बताएका छन् ।
मंगलबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै उनले सभामुखले तय गरेको समयमा बैठक अनिवार्य सुरु हुने व्यवस्था गर्न माग गरे ।
तीन जना नेताहरु सल्लाह गर्नुपर्ने भए संसदको तोकिएको समय भन्दा पहिले नै छलफल गर्नुपर्ने र तोकिएको समयमा बैठक सुरु हुनैपर्ने उनले बताए ।
सांसदहरु हरेक दिन कतिबेला संसद बैठक सुरु हुन्छ भनेर घडी हेरेर बसिरहनुपरेको भन्दै उनले यो क्रियाकलाप रोक्न माग गरे ।
अमुक नेता मिल्दा र नमिल्दा संसद चल्ने र नचल्ने निर्णय गर्न नहुने भन्दै उनले संसदमा जनताका कुरामा छलफल हुनुपर्ने बताए । अहिले पनि शीर्ष नेताहरुबीच संसदीय समितिको सभापतिमा भागवण्डा मिलेका कारण नै संसद चलेको उनले बताए ।