ट्रेंडिंग:

>> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता >> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन >> बीआरआइ बारे कांग्रेसको स्पष्टोक्ति: अनुदान नै कार्यान्वयन भएका छैनन्, ऋणको कुरा नगरौं >> स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति >> काठमाडौमा एमालेको जागरण सभा सुरु (लाइभ) >> एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा >> अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट >> छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए >> एमालेको र्याली शुरु, दरबारमार्गमा जागरण सभा हुदै >> लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट, प्राविधिक सहयोगलाई निरन्तरता दिन आग्रह >> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन

नगरलाई निगरानी लिन सिसि क्यामेराको साहारा

बर्दघाट नगरपालिकाको मुख्य बजार क्षेत्रको करिब ५ किलोमिटर क्षेत्र पूर्व पश्चिम राजमार्ग रहेको छ । नगर क्षेत्रमा कुनै पनि सवारीले दुर्घटना गराएर ‘हिट एण्ड रन’ को सम्भावनाको अन्त्य भएको ट्राफिक प्रहरीको भनाइ छ । बजार क्षेत्रमा सिसि क्यामेराले निगरानी गर्न थालेपछि चोरीका घटनामा कमी आउने बर्दघाटका व्यवसायीको बुझाइ छ ।
२३ श्रावण २०८०, मंगलवार
२३ श्रावण २०८०, मंगलवार

बर्दघाट, २३ साउन ।  बर्दघाट नगरपालिकाको मुख्य बजार क्षेत्रमा सिसि क्यामेरा जडान गरी नगरको निगरानी सुरु गरिएको छ ।
नगर क्षेत्रमा हुनसक्ने सम्भावित आपराधिक क्रियाकलाप रोक्न र नगरबासीलाई सुरक्षाको प्रत्याभूति दिलाउन सिसि क्यामेरा जडान गरी सुक्ष्म निगरानी थालिएको हो ।

बर्दघाट नगरपालिकाले नगरको मुख्य बजार क्षेत्र वडा नम्बर ४ को बर्दघाट बजार क्षेत्र, वडा नम्बर २ को चिसापानी बजार क्षेत्र, वडा नम्बर ९ र १० को पञ्चनगर बजार, वडा नम्बर ७ को जिमिरेभार र वडा नम्बर १२ को भटौलिया बजार क्षेत्रलाई लक्षित गरी ५२ वटा क्यामेराबाट निगरानी गरिरहेको छ । बर्दघाट नगरपालिकाले आर्थिक वर्ष २०७९/०८० मा सिसि क्यामेरा जडान शीर्षकबाट १५ लाख बजेट विनियोजन गरी कार्य प्रारम्भ गरेको बर्दघाट नगरपालिकाका सूचना अधिकारी पुष्कर काफ्लेले जानकारी दिए ।

पहिलो चरणमा नगरको मुख्य बजार क्षेत्रमा क्यामेरा जडान गरिएको र आगामी वर्षहरूमा थप सम्बेदनशील क्षेत्र र अन्य बजार क्षेत्रमा समेत क्यामेरा जडान गरी नागरिकलाई सुरक्षाको प्रत्याभूति दिलाइने बर्दघाट नगरपालिकाका नगर प्रमुख शम्भुलाल श्रेष्ठले बताए ‘स्थानीय सरकार आफ्ना नागरिकको जनधनको सुरक्षामा संवेदनशील छ, सिसि क्यामेरा जडानले आपराधिक क्रियाकलापमा न्यूनीकरण त ल्याउँछ नै यदि कुनै चोरी वा अपराध भएमा दोषी पक्राउ गर्न समेत सहजता ल्याउँछ’ नगर प्रमुख श्रेष्ठले भने ।

सि सि क्यामेरा जडान गरिसकेपछि हुनसक्ने सम्भावित आपराधिक घटना न्युनिकरण हुने र राजमार्गमा दुर्घटना भइहालेमा पनि दोषि पत्ता लगाउन सहज हुने इलाका प्रहरी कार्यालय बर्दघाटका प्रमुख प्रहरी निरिक्षक विरेन्द्र के.सी. ले जानकारी दिए । ‘बर्दघाट नगरका अधिकांश क्षेत्र सुरक्षा दृष्टिकोणले संवेदनशिल क्षेत्रका रूपमा रहेका छन, लागूपदार्थ दुब्र्यसनी र ओसारपसार लगायत बेलाबेलामा आपराधिक कृयाकलाप पनि हुँदै आएका छन, क्यामेरा जडान पछि आपराधिक मनोवृत्ति भएकाहरूको आत्मबल कमजोर हुने र कुनै अपराध भैहाले पनि अपराधी पत्ता लगाउन सहज हुन्छ र यसको मोनिटरिङ २४ सै घण्टा इलाका प्रहरी कार्यालयले गरेको छ’ प्रहरी निरिक्षक के.सी ले भने ।

बर्दघाट नगरपालिकाको मुख्य बजार क्षेत्रको करिव ५ किलोमिटर क्षेत्र पूर्व पश्चिम राजमार्ग रहेको छ । नगर क्षेत्रमा कुनै पनि सवारीले दुर्घटना गराएर ‘हिट एण्ड रन’ को सम्भावनाको अन्त्य भएको ट्राफिक प्रहरीको भनाइ छ । बजार क्षेत्रमा सि सि क्यामेराले निगरानी गर्न थालेपछि चोरीका घटनामा कमी आउने बर्दघाटमा सुनचाँदी ब्यवशाय गर्दै आएका सुनचाँदी ब्यवशायी सँघ बर्दघाट नगरसमितिका सल्लाहकार राजेन्द्र सुनारले बताए । समग्र नगरकै निगरानी भएपछि आम नागरिकसँगै ब्यवशायीलाई पनि सुरक्षाको प्रत्याभूती भएको छ’ सुनारले भने ।

बर्दघाट नगरपालिकाको नगर सुरक्षाको निम्ति नगर प्रहरी समेत रहेका छन । ‘ ९ जना नगर प्रहरी रहेको बर्दघाट नगरमा हुन सक्ने अवान्छित क्रियाकलाप रोक्न पर्याप्त जनशक्ति छैन, सि सि क्यामेराले नगर प्रहरीको कामको चापलाइ समेत केहि हदसम्म न्युनिकरण गरेको छ ।’ नगर प्रहरी प्रमुख पिताम्बर सापकोटाले भने ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?