Butwal Today

सुन काण्डमा उच्च स्तरीय छानविन समिति माग गर्दै एमालेद्वारा राष्ट्रियसभा बैठक अवरुद्व

२२ श्रावण २०८०, सोमबार
अ+
अ-

काठमाडौं,२२ साउन । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले राष्ट्रियसभा बैठक अवरुद्व पारेको छ। सोमबार राष्ट्रियसभा बैठक सुरु भएलगत्तै एमालेका सांसदहरुले रोष्ट्रमबाट उठेका थिए।

त्यसपछि सभाध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले एमाले सांसद दिलकुमारी रावल पार्वतीलाई बोल्न समय दिएका थिए। उनले सुन काण्डमा सरकारले मात्रै छानविन गरेर सम्भव नहुने भन्दै उच्च स्तरीय छानविन समिति गठन गरेरै अनुसन्धान गर्नुपर्ने बताइन्। उनले उच्चास्तरीय छानविन समिति गठन नभएसम्म संसद निरन्तर रुपमा अवरुद्व रहने बताइन्।

सुन प्रकरणमा उच्चस्तरीय छानविन समिति माग गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले साउन १० गतेदेखि प्रतिनिधिसभा र राष्ट्रियसभा बैठक अवरुद्व पार्दै आएको छ। एमालेको अवरोधपछि स्थगित भएको बैठक यसअघि दुईपटकसम्म प्रतिनिधिसभा बैठक स्थगित भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?