ट्रेंडिंग:

>> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र

भूमिहीन र अव्यवस्थित दशैसम्म पाउलान् लालपूर्जा ?

२२ श्रावण २०८०, सोमबार
२२ श्रावण २०८०, सोमबार

सल्यान, २२ साउन ।  आगामी दशैंसम्म लालपुर्जा वितरण गर्ने लक्ष्य सहित सल्यानको त्रिवेणी गाउँपालिकामा भूमिहिन दलित, भूमिहीन सुकुम्बासी र अब्यवस्थीत बसोबासीहरूको लालपूर्जा वितरणको लागी जग्गा नाप नक्सा कार्य सुरु भएको छ । गाउँपालिकाको वडा नम्बर ३ स्थित तल्लो कारेवासमा आइतबार जग्गा नाप नक्साको कार्य थालिएको हो ।

त्रिवेणी गाउँपालिका भित्र भूमिहिन दलित १७ जना, भूमिहिन सुकुम्बासी १२ जना र अवस्थित बसोबासीहरू १ हजार ६८ जना गरि १ हजार ९७ जना रहेको गाउँपालिकाले जनाएको छ । गाउँपालिका अध्यक्ष खिम बहादुर रावतले भूमिहिनहरूलाई छिटै लालपूर्जा वितरण गरेर जग्गाको मालिक बनाउने बताए । अब्यवस्थित बसोबास गरिहरेकालाई व्यवस्थित गर्नको लागि नाप नक्साको कार्यमा सहयोग गरी बास्तबिक भूमिहिनलाई जग्गा दिलाउन सहयोग गर्न उनले भुमि आयोगसंग अनुरोध गरेका छन् ।

जग्गा नाप नक्सा कार्य सुरुवात गर्ने कार्यक्रममा जिल्ला समन्वय समिती सल्यानका अध्यक्ष बेलाराम रावलले त्रिवेणी गाउँपालिकाले जिल्लामै पहिलोपटक भूमिहीनलाई लालपूर्जा बितरणको लागी काम सुरुवात गरेकोमा खुसी ब्यक्त गरे । भूमिहीन दलित र भूमिहिन सुकुम्वासीलाई प्राथमिकता राखेर काम गरिरहेको भन्दै नाप नक्साको कार्य समयमै सम्पन्न भए दशैंसम्म लालपूर्जा बितरण गरिने राष्ट्रिय भूमि आयोग सल्यानका अध्यक्ष वीर बहादुर सेजवालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?