© २०२३
बुटवल, २० साउन ।
लायन्स क्लव अफ बुटवल बेलबास सिर्जनशील र लायन्स क्लब बुटवल वोयस्टको अयोजनामा निःशुल्क स्वास्थ्य शिविर गरेको छ ।
महिलाहरुको स्वास्थ्यलाई लक्षित गरी शनिवार एक दिने स्वास्थ्य शिविर बुटवलको बेलवासमा सम्पन्न भएको हो । शिविरमा महिला तथा प्रसुति रोग सम्बन्धी महिला तथा प्रसुति रोग विशेषज्ञ डा ज्योति श्रेष्ठबाट १०५ जना महिलाले स्वास्थ्य चेकजाँच गराएका थिए ।
शिविर उदघाटन समारोहमा बोल्ने वक्ताले महिलाहरूले समाजको डर र लाजका कारण रोग लुकाएर नबस्न र समयमै उपचार गर्न आग्रह समेत गरे थिए । शिविरमा परीक्षण संगै आवश्यक औषधि पनि निःशुल्क वितरण गरिएको लायन्स क्लव अफ बुटवल बेलबास सिर्जनशीलका अध्यक्ष कल्पना भण्डारीले जानकारी गराइन् । सो शिविरमा लायन पुरुषोत्तमभक्त प्रधान, दिपक श्रेष्ठ, विमला गैरे, वेद प्रसाद गैरे, सरिता खनाल, गिता बन्जाडे, मन्जु भट्टराई, अमर थापा, नारायण नेपाल, सरस्वती खनाल लगायतले मन्तव्य राखेका थिए ।