Butwal Today

पहिरोका कारण प्यूठान–भालुवाङ सडक फेरि अवरुद्ध

१९ श्रावण २०८०, शुक्रबार
अ+
अ-

लमही, १९ साउन ।

प्यूठान–भालुवाङ सडक खण्ड अन्तर्गत पर्ने गर्जेनीमा फेरि पहिरो गएको छ ।

शुक्रबार विहान पहिरो पन्छाईरहेको अवस्थामा पुनः पहिरो झरेपछि सडक खुलाउन समस्या भएको सडक डिभिजन कार्यालय प्यूठानले जनाएको छ । पहिरो हटाईरहेको समयमा माथिबाट पहिरो खसेपछि थप २÷३ दिन लाग्न सक्ने कार्यालयका सवइन्जिनियर प्रकाश अधिकारीले जानकारी दिए ।

त्यहाँ अहिले ब्याक होल्ड लोडर, व्हिल लोडर, स्काभेटर गरी ४ वटा मेसिन लगाएर पहिरो हटाउने काम भइरहेको अधिकारीले बताए । उनका अनुसार माथिको भाग चिरा परेको हुँदा हिजो विहीबारको भन्दा शुक्रबारझन ठूलो पहिरो आएर समस्या भएको हो ।

प्यूठान रोल्पामा चल्ने गाडीहरु बुधबार रातिदेखी पूर्णरुपमा अवरुद्ध रहेका छन् । यो सडकखण्डमा यात्रा गर्दा सुचना लिएर मात्र यात्रा गर्न सडक डिभिजन कार्यालय प्यूठानले आम सर्वसाधारणलाई आग्रह गरेको छ ।