© २०२३
सल्यान, १८ साउन । विद्यालय समयमा अरिंगालको टोकाइबाट सल्यानमा ६ जना विद्यार्थी घाइते भएका छन् । जिल्लाको छत्रेश्वरी गाउँपालिका वडा नम्बर ३ स्थित जानकी मावी दोहलीमा अध्यनरत विद्यार्थीलाई विहिबार दिउँसो अरिंगालले टोकेको थियो ।
विद्यालय गएको बेला कक्षा ६ मा पढ्ने चादनी दाहाल, लक्ष्मी वली, अरुण वली, रविन बुढाथोकी, सुमित बुढाथोकी र कक्षा ७ मा अध्यनरत नविना डांगी अरिंगालको टोकाइबाट घाइते भएको विद्यालयका लेखापाल बिष्णु बुढाथोकीले जानकारी दिइन । घाइते मध्य १० बर्षिय चादनिलाइ ८ वटा अरिंगालले टोकेको र अवस्था जटिल देखिएपछी उपचारका लागि श्रीनगर लगिएको थियो।
६ वटा अरिंगालले टाउकोमा र दुइवटा अरिंगालले खुट्टामा टोकेर घाइते भएकी उनको श्रीनगर स्थित शारदा मेट्रो अस्पतालमा उपचार गरेर अवस्था सुधार भएपछी घर ल्याइएको आमा खुमा दाहालले जानकारी दिइन् । विद्यालय नजिकै रुखमा रहेको कालो अरिंगालको गोलालाइ विद्यार्थिले नै विच्काएको हुन सक्ने शिक्षक शंकर गौतमले जानकारी दिए ।
अरिंगालको टोकाइबाट घाइते भएकि छात्रा चादनिलाइ अस्पतालमै भेटेर छत्रेश्वरी गाउँपालिका अध्यक्ष ओज बहादुर बुढाथोकीले स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए । डक्टरसंग जानकारी लिएको भन्दै अध्यक्ष बुढाथोकीले डाक्टरले छात्राको अवस्था खतरामुक्त रहेको जानकारी दिएको बताए । अन्य ५ जना विद्यार्थीको स्थानिय स्वास्थ्य संस्थामै उपचार भएको बताइएको छ । उनिहरुको अवस्था सामान्य छ । अस्पताल भर्ना भएकी छात्राको पनि अवस्था थप सुधार भएमा विहिबार नै घर पठाइने अस्पतालले जनाएको छ ।