© २०२३
बुटवल, ३० कार्तिक । गोरखपुर स्थित आनन्दलोक अस्पतालमा दाङ घोराही निवासी ४५ वर्षिय बिशाल शर्मा (नाम परिवर्तन) को मृगौलामा भएको ३ किलोको ट्यूमरको सफल अप्रेसन गरिएको छ ।
उक्त अस्पतालका गोल्ड मेडलिष्ट सर्जन डा. आनन्द कुमार अग्रवाल को टिमले विश्वकै नविनतम प्रबिधि हालमियम लेजर प्रबिधिद्धारा बिरामीको इमरजेन्सी अप्रेशन सफलता पूर्वक गरेका छन् । बिरामी बिशाल शर्मा (नाम परिवर्तन) विगत केही समयदेखि उक्त रोगबाट पीडित भएका थिए । अहिले उनको अबस्था सामान्य रूपमा आएको र उक्त्त जटिल रोगको उपचार धेरै ठाउँमा हुन नसकेको अबस्थामा आनन्दलोक अस्पतालमा भएकामा खुसी व्यक्त गरेको कुरा अस्पतालले जनाएको छ ।