ट्रेंडिंग:

>> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित
कोदो दिवस २०८० मनाइयो

‘कोदोका बहारः दिगो, पौष्टिक र स्वादिष्ट आहार’

१७ श्रावण २०८०, बुधबार
१७ श्रावण २०८०, बुधबार

धुलिखेल, १७ साउन । काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–६ स्थित कालिकास्थानमा कोदो रोपेर कोदो दिवस २०८० मनाइएको छ । ‘कोदोका बहारः दिगो, पौष्टिक र स्वादिष्ट आहार’ भन्ने नाराका साथ मण्डनदेउपुरस्थित स्थानीय मिलन महिला कृषक समूह र राष्ट्रिय कृषक समूह महासङ्घ नेपालको संयुक्त आयोजना तथा मण्डनदेउपुर नगरपालिका, संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन र केयर नेपालको सहकार्यमा सोमबार तेस्रो ‘कोदो दिवस २०८०’ मनाएको हो ।

कार्यक्रममा राष्ट्रिय समावेशी आयोगका सदस्य विष्णुमाया ओझाले कोदोको महत्व सबैलाई बुझाएर कृषि उत्पादनलाई थप व्यवस्थित गर्न र कृषि ऐन बनाएर अगाडि बढ्न आवश्यक रहेको बताए । स्वास्थ्यसँग सम्बन्धित भएको र यसको महत्व धेरै रहेकाले उत्पादन गर्ने कृषकलाई पनि यसको महत्वका बारेमा बुझाउन आवश्यक रहेकामा उनले जोड दिए ।

“उत्पादन गरेको कोदोलाई खपत गर्न थालेनौ भने पनि यसको उत्पादनमा ध्यान नदिइने भएकाले त्यसको खपतका लागि स्थानीय सरकारले अभियान थालनी गर्नुपर्ने हुन्छ”, सदस्य ओझाले भने, “यसको प्रचारप्रसारका लागि सबैजना लाग्यौँ भने सम्भव छ ।” सो क्रममा उहाँले कृषिमा परनिर्भर मात्रै भएर बस्ने नभई यसलाई व्यावसायिकरूपमा अगाडि बढाउन सके निर्यातसमेत गर्न सकिने सम्भावना रहेकाले युवाहरूलाई कोदो उत्पादनमा जोड दिन आग्रह गरे।

नगरप्रमुख टोकबहादुर वाइबाले कृषिमा आधारित नगरपालिका भएकाले कृषिलाई प्राथमिकता दिँदै व्यवहारमा पनि लागू गर्न सबैको साथ र सहयोग आवश्यक रहेको बताए । सबैजसो ठाउँमा फल्ने बाली कोदो भएको र यो बहुउपयोगी पनि भएकाले कोदोलाई लोप हुन नदिन सबैको हातेमालो आवश्यक रहेकामा उनले जोड दिए ।

कृषि विभागका महानिर्देशक डा हरिबहादुर केसीले सरकार कृषि ऐन बनाउने तयारीमा रहेको बताउँदै रैथाने बालीहरूलाई निश्चित पकेट क्षेत्रबनाउन कानुनमै व्यवस्था गरेर अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याए । उनले बजेट बनाउन र कार्यक्रम बनाउन सहज हुने भएकाले छोड्दै गएको कोदो बालीको खेतीलाई बढावा दिन कृषकहरूलाई नै जागरुक गराउनु पर्नेमा जोड दिए । राष्ट्रिय कृषि नीति पनि परिमार्जनको अन्तिम चरणमा पुगेको उल्लेख गर्दै महानिर्देशक कार्कीले रैथाने बाली र जलवायुमैत्री प्रविधिलाई प्राथमिकतामा राखिएको र यसमा सङ्घ, प्रदेश र स्थानीय सरकारलाई पनि जोडेर अगाडि पर्नुपर्नेमा जोड दिए ।

बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका डा रामकृष्ण श्रेष्ठले कोदोको विविध परिकार बनाएर उपयोगिताको माध्यम बनाउन सके बालबालिकादेखि सबैको उपयोगी खाद्य वस्तुका रूपमा विकास गर्न सकिने बताए । पालिकाहरूसँग मिलेर रैथाने बाली संरक्षण अभियानमा लागिएकोे उल्लेख गर्दै उनले गत आर्थिक वर्षमा एक सय ३३ पालिकामा अनुदान प्रदान गरी रैथाने बाली प्रवद्र्धनमा लागिएको र यस आर्थिक वर्षदेखि एक सय ६७ पालिकामा पुग्ने तयारीमा रहेको उल्लेख गरे ।
राष्ट्रिय कृषक समूह महासङ्घ नेपालका अध्यक्ष नवराज बस्नेतले किसानको प्रमुख भोजनका रूपमा चिनिएको कोदो लोप हुँदै गएको अवस्थामा यसको महत्व बुझाएर उत्पादनमा जोड दिन र प्रचार गर्न २०७८ सालदेखि कोदो दिवस मनाउन थालिएको बताए।
पहिलो कोदो दिवस २०७८ मा काठमाडौँमा, दोस्रो पटक मकवानपुरको भीमफेदी गाउँपालिकामा र तेस्रो काभ्रेपलाञ्चोकको मण्डनदेउपुरमा मनाइएको उनले बताए ।

कृषि ज्ञान केन्द्रका प्रमुख कुलप्रसाद दवाडीले विद्यालयका खाजा कार्यक्रममा कोदोजन्य रैथाने बालीको परिकारलाई बजारीकरण गर्न स्थानीय सरकार लाग्न आवश्यक रहेको बताए । कार्यक्रममा संयुक्त राष्ट्रसङ्घीय खाद्य र कृषि सङ्गठनका अर्जुन थापा, केयर नेपालका प्रकाश सुवेदी र अनाज नेपालका अध्यक्ष करिण आचार्यलगायतले कोदोको महत्व, संरक्षण र विकासका बारेमा आ–आफ्नो धारणा व्यक्त गरेका थिए ।
सो क्रममा मिलन महिला कृषक समूहका अध्यक्ष सुन्तली रोक्काको बारीमा सहभागीहरूले कोदो रोपेर सो दिवस मनाएका थिए । महासङ्घले यसलाई तीन वर्षदेखि दिवसका रूपमा अभियान अगाडि बढाउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?