Butwal Today

१० वर्षीया बालिका बलात्कार आरोपमा १५ वर्षीय किशोर पक्राउ

१६ श्रावण २०८०, मंगलवार
अ+
अ-

बुटवल, १६ साउन । बुटवलमा १० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १५ वर्षीय बालकलाई पक्राउ गरेको छ । साउन १३ गते बलात्कार गरेको भन्दै पीडित पक्षले साउन १४ गते इलाका प्रहरी कार्यालय, बुटवलमा उजुरी दिएकी थिइन् ।

पीडित बालिकाका परिवारका अनुसार बालिकासँग खेल्ने बहानामा ती बालकले घर नजिकैको जङ्गलमा लगेर बलात्कार गरेका थिए । प्रहरीले आरोपित बालकलाई साउन १४ गते उनको घरबाटै पक्राउ गरेको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी दानबहादुर थापाले बताए।

घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । बालिकाको स्वास्थ्य परीक्षण साउन १३ गते लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा गरिएको छ ।