© २०२३
बुटवल,१६ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकार निर्माण प्रक्रियामा राष्ट्रिय प्रजातन्त्र पार्टीलाई कुनै चासो नरहेको बताएका छन्।
कोशी प्रदेश एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीसहित काठमाडौंबाट एउटै प्लेनमा विराटनगर एयरपोर्ट आइपुगेका अध्यक्ष लिङ्देनले सरकार निर्माण प्रक्रियामा राप्रपालाई कुनै चासो नभएको र काँग्रेस र एमाले मिलेर सरकार चलाउन सुझाव दिएको बताएका हुन्।
एमाले नेता हिक्मतकुमार कार्कीलाई समेत उक्त कुरा भनेको बताउँदै उनले काँग्रेस र एमाले मिलेर आधा आधा गर्दा राम्रो हुन्छ भनेर सुझाव दिएको जानकारी गराए ।
कोशी प्रदेशमा सरकार निर्माणमा निर्णय हुने अन्तिम अवस्थामा मात्रै आफूहरूले केही निर्णय गर्नसक्ने बताउँदै कोशी प्रदेशमा काँग्रेस र एमाले अलगअलग बस्दा मात्रै आफूहरू निर्णायक रहेको उल्लेख गरे।
लिङ्देनले संविधानत: एक महिनाअघि नै प्रधानन्यायाधीश तय गरिसक्नु पर्ने व्यवस्था भए पनि दलहरूको भागबण्डाले संविधानविपरीतका काम भइरहेको बताए ।