© २०२३
दाङ, १५ साउन ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर –३ की नन्दकला बुढालाई आर्थिक सहयोग गरिएको छ । क्यान्सर रोगका कारण उपचारत बुढालाई तुलसीपुर उपमहानगरपालिका वडा नम्बर –१९मा रहेको नयाँ पाइला पुनस्र्थापना केन्द्रले सहयोग गरेको हो । केन्द्रका प्रमुख सुरेश भुसालले बुढाका श्रीमान यज्ञ बुढालाई दश हजार सहयोग रकम हस्तान्तरण गरेका हुन् ।
बुढाले सामाजिकरुपमा सक्रियता जनाउँदै आएको संस्थाले मानवीय सेवा अन्तर्गत उपचारमा सहयोग गरेकोमा धन्यवाद ज्ञापन गरेका छन् । त्यस्तै संस्थाका प्रमुख सुरेश भुसालले संस्थाले समाजमा लागु पदार्थ दुव्र्यशनीको उपचारका साथै सामाजिकरुपमा विभिन्न कार्यक्रमा सक्रियता हुँदै आएको बताए ।