© २०२३
भैरहवा,१५ साउन । नेपाल चीन दौत्य सम्बन्ध स्थापनाको ६८ औं वर्षगांठको अवसरमा नेपाल चीन मैत्री समाज लुम्बिनीले भैरहवामा वृक्षरोपण गरेको छ । समाजले सोमबार भैरहवा बहुमुखी क्याम्पस परिसरमा धुपी, गोलमोहर,जरुल, बिरेन्द्र फुल ,अमला ,कल्की, कपुर आदि जातका बिरुवा रोपेको हो ।
सो अवसरमा लुम्बिनीस्थित चिनिया मन्दिरका गुरु हु बेनले विश्व शान्तिको पवित्र भुमि लुम्बिनीमा शान्ति कामना गर्न अत्यन्तै खुसी लागेको बताए । उनले चिनले विश्वमा शान्ति चाहेको भन्दै नेपालमा पनि शान्ति कायम होस् भन्ने कामना गरे ।
नेपाल चीन मैत्री समाजका अध्यक्ष नारायणप्रसाद सापकोटाले चीनसंग नेपालको सम्बन्ध जनस्तरमा थप विस्तार गर्न आफ्नो संस्थाले चीनका महत्वपुर्ण अवसरमा विभिन्न रचनात्मक कार्यक्रमहरु ग्र्दै आएको र लुम्बिनीको पर्यटन प्रवद्र्धनमा भूमिका खेलेको बताए ।
कार्यक्रममा भैरहवा बहुमुखी क्याम्पसका प्रमुख अनलकुमार झा , लुम्बिनी बुद्ध युनिभर्सिटीका अनुसन्धान निर्देशक डा. गीतु गिरी, सिद्धार्थ साहित्य परिषदका अध्यक्ष डिल्लीराज भट्टराई, महासचिव मनिष जोशी ,प्राध्यापक इन्द्रबहादुर थापा लगायतले वातावरण संरक्षणमा बृक्षरोपणको महत्वबार ेचर्चा गरेका थिए ।