ट्रेंडिंग:

>> सुनको मुल्य अहिलेसम्मकै उच्च >> रूपन्देही मैथिली समाजको सामूहिक जीतिया पर्व >> तिलौराकोट –लुम्बिनी बोधिबृक्ष कोरिडोर पदयात्रा >> गुजरातबाट किशोरीको उद्वार >> स्वास्थ्य संस्थामा सिकाइ >> मृत्युको तयारी अर्थात् जीवन ज्यूने कला >> पालिकाले बनायो १५ शैय्याको अस्पताल, छैन दरबन्दी >> जलवायु परिवर्तन सामना गर्न सामुदायिक सशक्तिकरण >> बुटवल–नारायणगढ सडक आयोजना प्रमुखलाई टेर्देन ठेकेदार >> पितृश्राद्ध एक चर्चा : किन गर्नुपर्छ श्राद्ध ? >> आर्थिक अनुशासन र मितव्ययिता कायम गर्न कठोर बन्दै लुम्बिनीका मुख्यन्त्री, कर्मचारी तहमा १४ बुँदे निर्देशन >> विश्वकप क्रिकेट लिग–२ : नेपालले आज घरेलु टोली क्यानडासँग खेल्दै >> प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबिच भेटवार्ता >> मौसम पूर्वानुमान : यी स्थानमा छ आज वर्षाको सम्भावना >> रोटरी बुटवलको समिक्षा सभा सम्पन्न >> दिल्लीकी मुख्यमन्त्री आतिशीसहित पाँच मन्त्रीको शपथ >> साफ यु–१७ च्याम्पियनसिप: नेपाल पाकिस्तानसँग पराजित >> योग स्टार अन्तिम आठमा >> घोराहीको मोटरसाइकल वर्कसपमा आगलागी >> नवलपरासीमा पोखरीमा डुबेर एक जनाको मृत्यु >> पोखरामा डेंगु : एक महिनामै ६ गुणा बढ्यो >> दशैँको लागि अग्रिम टिकट बुकिङ घटस्थापनाकाे एक हप्ताअघि खुलाउने तयारी >> ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान >> गिल र पन्तको शतकमा बंगलादेशलाई ५१५ रनको लक्ष्य >> मैथिल समाजको रुपन्देहीमा सामुहिक जीतिया पर्व >> हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली >> कोशी प्रदेशसभा अधिवेशन अन्त्य >> प्रकाश तिमी नपढेर हरायौ । >> प्रधानमन्त्री ओली न्युयोर्कमा >> तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालन >> ब्रेकअपपछि पनि सौगात र सृष्टि लगातार एकसाथ फिल्ममा >> नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति >> चाडबाडमा बजार अनुगमनलाई नियमित गरिने >> भगवानको प्रतीक गोधनी ट्याटु >> दुना–टपरी उद्योगः गरिबी न्यूनीकरण र वातावरण संरक्षणको उदाहरण >> कार्यालय सदरमुकाममै राख्नुपर्ने भन्दै ध्यानाकर्षण >> किताब बेच्ने मान्छे ! >> पुलको डिजाइनमा समस्या देखाउँदै ठेकेदार >> वलीको प्रेरणादायक उद्यम यात्रा >> अन्तरिक्षमा अन्तरिक्ष यात्रीको जीवन कस्तो हुन्छ ? >> राजापाक्षे भागेपछि श्रीलंकामा आज पहिलो राष्ट्रपति निर्वाचन हुँदै >> एरिका एसियन कराते च्याम्पियनसिपको फाइनलमा पुग्ने पहिलो नेपाली खेलाडी >> देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा धेरै वर्षाको सम्भावना >> दशैँको टीकाको साइत ११ बजेर ३६ मिनेटमा >> अनेरास्ववियु रुपन्देही संगठन विस्तारमा : बुटवल र तिलोत्तमाको नगर अधिवेशन सम्पन्न >> राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ रेडियो मुक्ति बुटवललाई >> माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु >> रविले ग्यालेक्सी टिभीमा तलबबापत लिएका थिए एक करोडभन्दा बढी >> राजश्व बाँडफाँड कर्णालीका लागि न्यायोचित छैन: मुख्यमन्त्री कँडेल >> लिस्नु क्वाटरफाईनलमा

नागरिकको मन तान्दै धारापानीको शृङ्गारिक आरती

१५ श्रावण २०८०, सोमबार
१५ श्रावण २०८०, सोमबार

दाङ, १५ साउन ।

घोराही उपमहानगरपालिका–५ धर्ना धारापानीस्थित पाण्डवेश्वर महादेव मन्दिर धारापानीमा साउन २ गतेदेखि ३१ गतेसम्म पुरुषोत्तम माहात्म्य एवम् शृङ्गारिक आरती बोलबम मासिक महामहोत्सव सञ्चालन भएको छ ।

मन्दिरको प्रचारप्रसार तथा धर्म र धार्मिक आस्था थप सुदृढ बनाउने उद्देश्यले पुरुषोत्तम महात्म्य एवम् शृङ्गारिक आरती बोलबम मासिक महामहोत्सव सञ्चालन गरेको महामहोत्सव मूल व्यवस्थापन समितिका संयोजक गणेशकुमार अधिकारीले जानकारी दिए ।

उनले भने, “मलमासको समयमा मात्रै सञ्चालन हुने भएकाले धारापानी धाममा महामहोत्सवको आयोजना गरेका हौं ।” महामहोत्सवमा अन्तर्राष्ट्रिय स्वर्णपदक विभूषित पण्डित अमृतशरण देवाचार्यले पुरुषोत्तम माहात्म्य प्रवचन दिइरहेका छन् । त्यस अवसरमा वाराणसी समूहले प्रत्येक दिन बेलुकी वैदिक शृङ्गारिक गङ्गा आरती गर्ने गरेको संयोजक अधिकारीले बताए । उनका अनुसार महामहोत्सव अवधिभर मण्डव पूजा तथा हवन सञ्चालन, पुरुषोत्तम माहात्म्य पाठ पारायण, सङ्गीतमय लीलामय पुरुषोत्तम माहात्म्य प्रवचन, पुरुषोत्तम एवम् बोलबम महाआरती र सङ्गीतमय लीलामय प्रवचन तथा भजन सञ्चालन भैरहेको छ ।

धारापानीमा आउने पर्यटकका लागि आकर्षक थपिएको छ, सन्ध्या आरती । मनोरम दृश्यावलोकनबाट भ्रमणको शुभारम्भ गरेका पर्यटकहरु मठमन्दिर, विश्वको अग्लो त्रिशुल, एक सय आठ गौमुखी धारा, ओमकार पोखरी र अन्य मठ मन्दिर अवलोकनपश्चात साँझ भने सन्ध्याआरतीमा सहभागी हुने गरेका छन् ।

धारापानीको मूल मन्दिरको प्राङ्गणमा प्रत्येक दिन साँझ तीन जना युवा पण्डितबाट सङ्गीतमय धुनमा हुने सन्ध्या आरतीमा पछिल्लो समय भिड लाग्ने गरेको छ । आरती दर्शन गर्न विभिन्न उमेर समूहको रोजाई परेको छ ।

धारापानी मन्दिर व्यवस्थापन समिति सचिव विष्णुराम आचार्यका अनुसार आरतीमा धुप, घिउ, कपुर, मयुरपङ्ख, ल्वाङदानी, सेतोचमर, अलैँचीदाना र फूलपातीलगायतका विभिन्न सुगन्धित वस्तुको प्रयोग गरिन्छ । शङ्ख ध्वनीबाट शुभारम्भ हुने आरती समापनपछि भजन गाएर भक्तजनलाई नचाएर मनोरन्जन दिने गरिएको छ ।

भक्तजनको साथ र सहयोगले नै निरन्तरता दिन सकेको उनले बताए । भक्तजनबाट सहयोग प्राप्त भएको रकमबाट काम अगाडि बढेको सचिव आचार्यले बताए । दैनिक हुने आरतीमा भाग लिन चाहने भक्तजनले सचिवालयमा सम्पर्क गरेर (आठ हजार रुपैयाँ) दान गरेमा एक दिनको आरती संकल्प गर्ने व्यवस्था गरेको उनले बताए ।

पर्यटक तथा स्थानीय बासिन्दाका लागि दिनभरिको व्यस्तता एवं तनाव व्यवस्थापनका लागि साँझमा हुने आरतीमा सहभागी हुँदा आनन्द आउने गरेको घोराही उपमहानगरपालिका– ६ जजरागाउँका ध्रुवराज अधिकारी बताउँछन् । उनी मावि जजरागाउँका शिक्षक हुन् । दिनभरीको कामको थकाइ मेटिने र मेडिटेसन हुने गरेको उनले बताए । दैनिक एक हजार देखि १५ सय भक्तजनले आरती दर्शन गर्ने गरेको आयोजक समितिले जनाएको छ ।

महामहोत्सव आयोजक समितिले जिल्लामै पहिलो पटक संचालन भएको पुरुषोत्तम माहात्म्य एवम् शृङ्गारिक आरती बोलबम मासिक महामहोत्सवमा सहभागी हुन र अमृत पान गर्न भक्तजनहरुमा अनुरोध गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?