ट्रेंडिंग:

>> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने >> एमाले महाधिवेशन : च्यासलमा राखियो नमुना भोटिङ मेसिन >> जनार्दनसँग जोडिएको २८ दिनमै फर्किए बलम्पाकी र दाहाल, प्रचण्डलाई भेटेर भने : हामी यतै फर्कियौँ >> आज शपथ लिन लागेका ४ नयाँ मन्त्रीको पृष्ठभूमि >> अण्डाको लागत मूल्य बढेर १९ रुपैयाँ नाघ्यो >> झापाबाट महामन्त्री शर्मासहित कांग्रेसका ६६ उम्मेदवार सिफारिस >> राप्तिको डम्पिङ साइडमा आगलागी >> विदेशमा रहेका नेपालीको मतदानको ग्यारेन्टी सरकारले गर्नुपर्छ : जेनजी युवा >> पाल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ८ घाइते >> एमाले सचिवालय बैठक २ बजेलाई सर्‍यो

संघीयता खर्चिलो भयो, मन्त्री, सांसद र कर्मचारी घटाऔं : पौडेल

१४ श्रावण २०८०, आइतबार
१४ श्रावण २०८०, आइतबार

बुटवल, १४ साउन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य प्रदीप पौडेलले संघीयता खर्चिलो र बोझिलो भएको भन्दै केन्द्रदेखि प्रदेशसम्मका सांसद र मन्त्री तथा कर्मचारीको संख्या घटाउनुपर्ने बताएका छन् ।
नेपाल प्रेस युनियन रुपन्देहीले बुटवलमा गरेको पत्रकार भेटघाटमा नेता पौडेलले प्रतिनिधि सभा सदस्यको संख्या २०१ जना,राष्ट्रिय सभा ३५ सदस्यीय, संघीय मन्त्रिमण्डल १५ जना र प्रदेश मन्त्रिमण्डल ५ जनाको बनाउनुपर्ने बताए । नेता पौडेलले कर्मचारीको संख्या पनि ४० प्रतिशत कम गर्नुपर्ने तर्क गरे । सांसद र मन्त्रीको संख्या घटाउन संविधान संशोधन गर्नुपर्ने पौडेलले उल्लेख गरे ।
‘संघीयता असाध्यै खर्चिलो र बोझिलो भएको छ,यसले संघीयता बलियो र दीगो हुन्न त्यसैले म सहित केही साथीहरुले संघीय संसद २०१ सदस्यीय,राष्ट्रिय सभा ३५ सदस्यीय, संघीय मन्त्रिमण्डल १५ जनाको र प्रदेश मन्त्रिमण्डल ५ जनाको हुनुपर्छ भन्ने प्रस्ताव पार्टीमा राखेका छौं’–पौडेलले भने–‘संघीय सांसदको अनुपातमा प्रदेश सांसदको संख्या पनि घटाउनुपर्छ, यो कुरा गर्दा कतिपयले हामीलाई संघीयताविरोधी पनि भनेका छन् तर संघीयतालाई बलियो र दीगो बनाउने हो भने सांसद, मन्त्री र कर्मचारीको सख्या घटाउनैपर्छ ।’
२०१ सदस्यीय संघीय सांसदमा ५० प्रतिशत खुल्ला प्रतिस्पर्धाबाट र ५० प्रतिशत समानुपातिक समावेशी सिद्धान्तका आधारमा सबै प्रत्यक्ष निर्वाचित हुनुपर्ने पौडेलले तर्क गरे ।
ठूलो संख्यामा सांसद र मन्त्री हुंदा पुंजिगत भन्दा चालु खर्च ४ गुणा बढी हुन गएको तर पुंजिगत खर्च १५ वर्ष यता औसतमा ५८ प्रतिशत मात्र भएको पौडेलले उल्लेख गरे । ‘यति धेरै सांसद र मन्त्री हुंदापनि पुंजिगत खर्च औसतमा ५८ प्रतिशत हुनु,बेरुजू र भ्रष्टाचारको बढोत्तरी हुनुले संघीयता खर्चिलो र बोझिलो भएको पुष्टी गरेको छ’–पौडेलले भने –‘संघीयतालाई चुस्त र छरितो बनाउन पहिला सांसद र मन्त्रीको संख्या घटाउने, त्यसपछि कर्मचारीको संख्या घटाउनपर्छ ।’ भ्रष्टाचारविरुद्ध र सुशासनका पक्षमा पार्टीको धारणा स्पष्ट हुनुपर्नेमा जोड दिंदै पौडेलले सुन तस्करी प्रकरणमा भरियालाई देखाएर उम्किन नमिल्ने भन्दै गहिराईमा गएर अनुसन्धान हुनुपर्ने अन्यथा गृहमन्त्री र अर्थमन्त्रीको राजीननामा मागिने बताए ।
सुन तस्करी प्रकरणमा विपक्षीहरुले गृहमन्त्री र अर्थमन्त्रीको राजीननामा माग्नु गलत नभएको भन्दै पौडेलले भ्रष्टाचारविरुद्ध पार्टी आक्रामक ढंगले आवाज नउठाए जनताले साथ नदिने बताए ।
‘सुन प्रकरण हलुका विषय हैन, गृह र अर्थ मन्त्रालयलाई थाहा नभई त्यति धेरै सुन कसरी बाहिरियो ?’– पौडेलले प्रश्न गरे–‘भरियाको टाउकोमा दोष थोपरेर उम्कन मिल्दैन,यसको गहिराईमा पुगेर अनुसन्धान नभए हामीले नै गृहमन्त्री र अर्थमन्त्रीको राजीननामा माग्नुपर्ने अवस्था आउन सक्छ ।’
नेता पौडेलले ११ महिनापछि हालै सम्पन्न पार्टीको केन्द्रीय समिति वैठकले सोचे अनुसार उपलब्धी दिन नसकेको स्वीकार गरे । तर आगामी दिनमा विधान अनुसार पार्टी चल्ने र वैठक नियमित हुने कुराको सुनिश्चितता गरेको बताए । मंसिरमा हुने महासमिति वैठकले नेपाली कांग्रेस मास बेस्ड कि क्याडर बेस्ड पार्टी भन्ने टुंगो लगाउने पौडेलले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?