© २०२३
बुटवल, १२ साउन । तिलोत्तमा नगरपालिकामा महिला तथा बालबालिकाहरुमा हुने रोगको बारेमा स्थानियलाई सचेतना जगाउने उदेश्यका साथ कार्यक्रम गरिएको छ । ओम महिला तथा बाल अस्पताल प्रालिको प्राविधिक सहयोगमा रोटरी क्लब अफ बुटवल डाउनटाउनले तिलोत्तमा नगरपालिकाको जनज्योती माबिमा एक दिने निशुल्क स्वस्थ्य शिविर तथा सचेतनामुलक कार्यक्रम गरेको हो ।
कार्यक्रमको समुद्घाटन गर्दै ओम हस्पिटलका अध्यक्ष शारदा तिवारीले महिला स्वस्थ्यको बारेमा समयमा नै सचेत गराउन सके ठुलो क्षति रोक्न सकिने भन्दै शिविरको महत्वबारे प्रकाश पारेकी थिईन । ब्यवसायिक कर्मसंगै सामाजिक उत्तरदायित्वलाई निर्वाह गर्ने प्रतिवद्धता जनाए । शिविरमा विद्यालयका १ सय ५० जना विद्यार्थीसहित एक सय बढी महिलाहरुको पाठेघरको क्यान्सरको जाच तथा निशुल्क औषधी बितरण गरिएको थियो । यसैबिच विद्यालयका प्रधानाध्यापक बाबुराम आचार्यलाई क्लबका अध्यक्ष कमला हमालले रोटरी फोर वे टेष्ट बितरण गरिएको थियो । कार्यक्रममा अध्यक्ष कमला हमालले आफनो कार्यकालमा महिला शसक्तिकरणको कार्यक्रमलाई जोड दिने बताईन ।
जोन ३२ का एजी तथा क्लबका पुर्व अध्यक्ष रबि पोखरेलले सामाजिक क्षेत्रमा क्लबको छुटै पहिचान बनाउन सफल भएको बताए । क्लबका सचिव प्रकाश पौडेलले रोटरीको मुल मर्म अनुसार लक्षित वर्गको आवश्यकता पहिचान गरेर कार्यक्रम गर्दै आएको बताए ।