© २०२३
पाल्पा, १२ साउन ।
तानसेनमा रहेको अमर नारायण मन्दिरका पुजारीमाथि हातपात भएको छ । मन्दिरमा गएका एक युवकले पुजारी फणिन्द्र लम्सालमाथि हातपात गरेका हुन् ।
तानसेन शिशिर बराइलीले मन्दिर भित्र जवर्जस्ती प्रवेश गर्न खोज्दा रोक्ने क्रममा पुुजारी लम्साललाई हातपात गरेका थिए । मन्दिर व्यवस्थापन समितिले मूख्य मन्दिरभित्र पुजारी बाहेक कोही पनि जान नपाउने व्यवस्था गरेको छ । ती युवक भने जवर्जस्ती मन्दिरभित्र प्रवेश गर्न खोज्दा पुजारीले रोकेका थिए । रोक्न खोज्दा खोज्दै युवकले आफुुमाथि हातपात गरेको पुजारी लम्सालले बताए ।
हातपात गर्ने युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनलाई अभद्र व्यवहार सम्बन्धी मुद्दा दर्ता गरी थप अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी निरीक्षक भुुपेन्द्र थापाले जानकारी दिए ।