© २०२३
दाङ,१२ साउन । जातीय विभेद मुद्दामा पक्राउ परेका घोराही उपमहानगरपालिका –१७ का ६८ वर्षीय ताराप्रसाद पोखरेल बिहीबार एक लाख धरौटी बुझाएर तारेखमा छुटेका छन् ।
अछाम पञ्चदेवल विनायक नगरपालिका –७ का २३ वर्षीय महेन्द्र विकसहित उनका परिवारका सदस्यलाई दलित भन्ने थाहा पाएपछि ताराप्रसादले कोठा भाडा दिएको तीन दिनपछि असार १५ गते जबरजस्ती घरबाट निस्कन भनेको जारी गरेका थिए । उनीहरूका कोठाका सामान बाहिर फालिदिएको पिडितले आरोप लगाएका थिए ।
जिल्ला अदालत दाङले ताराप्रसादलाई एक लाख धरौटीमा छोड्न आदेश गरेपछि तोकिएको धरौटी बुझाएर उनी छुटेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी राजन गौतमले जानकारी दिए ।
त्यसपछि आफूहरूमाथि जातीय विभेद गरेको भन्दै महेन्द्रसहित उनका साथीहरू जिल्ला प्रहरी कार्यालयमा पुगेर ताराप्रसाद विरूद्ध किटानी जाहेरी दिएका थिए । जाहेरीका आधारमा प्रहरीले असार १६ गते ताराप्रसादलाई नियन्त्रणमा लिएको थियो ।