ट्रेंडिंग:

>> सुनको मुल्य अहिलेसम्मकै उच्च >> रूपन्देही मैथिली समाजको सामूहिक जीतिया पर्व >> तिलौराकोट –लुम्बिनी बोधिबृक्ष कोरिडोर पदयात्रा >> गुजरातबाट किशोरीको उद्वार >> स्वास्थ्य संस्थामा सिकाइ >> मृत्युको तयारी अर्थात् जीवन ज्यूने कला >> पालिकाले बनायो १५ शैय्याको अस्पताल, छैन दरबन्दी >> जलवायु परिवर्तन सामना गर्न सामुदायिक सशक्तिकरण >> बुटवल–नारायणगढ सडक आयोजना प्रमुखलाई टेर्देन ठेकेदार >> पितृश्राद्ध एक चर्चा : किन गर्नुपर्छ श्राद्ध ? >> आर्थिक अनुशासन र मितव्ययिता कायम गर्न कठोर बन्दै लुम्बिनीका मुख्यन्त्री, कर्मचारी तहमा १४ बुँदे निर्देशन >> विश्वकप क्रिकेट लिग–२ : नेपालले आज घरेलु टोली क्यानडासँग खेल्दै >> प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबिच भेटवार्ता >> मौसम पूर्वानुमान : यी स्थानमा छ आज वर्षाको सम्भावना >> रोटरी बुटवलको समिक्षा सभा सम्पन्न >> दिल्लीकी मुख्यमन्त्री आतिशीसहित पाँच मन्त्रीको शपथ >> साफ यु–१७ च्याम्पियनसिप: नेपाल पाकिस्तानसँग पराजित >> योग स्टार अन्तिम आठमा >> घोराहीको मोटरसाइकल वर्कसपमा आगलागी >> नवलपरासीमा पोखरीमा डुबेर एक जनाको मृत्यु >> पोखरामा डेंगु : एक महिनामै ६ गुणा बढ्यो >> दशैँको लागि अग्रिम टिकट बुकिङ घटस्थापनाकाे एक हप्ताअघि खुलाउने तयारी >> ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान >> गिल र पन्तको शतकमा बंगलादेशलाई ५१५ रनको लक्ष्य >> मैथिल समाजको रुपन्देहीमा सामुहिक जीतिया पर्व >> हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली >> कोशी प्रदेशसभा अधिवेशन अन्त्य >> प्रकाश तिमी नपढेर हरायौ । >> प्रधानमन्त्री ओली न्युयोर्कमा >> तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालन >> ब्रेकअपपछि पनि सौगात र सृष्टि लगातार एकसाथ फिल्ममा >> नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति >> चाडबाडमा बजार अनुगमनलाई नियमित गरिने >> भगवानको प्रतीक गोधनी ट्याटु >> दुना–टपरी उद्योगः गरिबी न्यूनीकरण र वातावरण संरक्षणको उदाहरण >> कार्यालय सदरमुकाममै राख्नुपर्ने भन्दै ध्यानाकर्षण >> किताब बेच्ने मान्छे ! >> पुलको डिजाइनमा समस्या देखाउँदै ठेकेदार >> वलीको प्रेरणादायक उद्यम यात्रा >> अन्तरिक्षमा अन्तरिक्ष यात्रीको जीवन कस्तो हुन्छ ? >> राजापाक्षे भागेपछि श्रीलंकामा आज पहिलो राष्ट्रपति निर्वाचन हुँदै >> एरिका एसियन कराते च्याम्पियनसिपको फाइनलमा पुग्ने पहिलो नेपाली खेलाडी >> देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा धेरै वर्षाको सम्भावना >> दशैँको टीकाको साइत ११ बजेर ३६ मिनेटमा >> अनेरास्ववियु रुपन्देही संगठन विस्तारमा : बुटवल र तिलोत्तमाको नगर अधिवेशन सम्पन्न >> राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ रेडियो मुक्ति बुटवललाई >> माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु >> रविले ग्यालेक्सी टिभीमा तलबबापत लिएका थिए एक करोडभन्दा बढी >> राजश्व बाँडफाँड कर्णालीका लागि न्यायोचित छैन: मुख्यमन्त्री कँडेल >> लिस्नु क्वाटरफाईनलमा

स्वतन्त्र विद्यार्थी युनियन भैरहवा क्याम्पसद्वारा स्वागत तथा बिदाई

१२ श्रावण २०८०, शुक्रबार
१२ श्रावण २०८०, शुक्रबार

भैरहवा, १२ साउन ।

स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु) भैरहवा बहुमुखी क्याम्पसले विद्यार्थीहरुलाई स्वागत, बिदाई तथा सम्मान कार्यक्रम गरेको छ ।

कार्यक्रममा स्नातकोत्तर, स्नातक अन्तिम वर्षका विद्यार्थीलाई बिदाई, स्नातक र स्नातकोत्तरका नयाँ विद्यार्थीलाई स्वागत गरिएको थियो ।

कार्यक्रममा देवदह नगरपालिकाका प्रमुख धु्रव खरेलले विद्यार्थीहरुले किताबको मात्रै ज्ञान राखेर नपुग्ने बताउंदै समाजको बारेमा, देशको बारेमा र अन्तर्राष्ट्रियका बारेमा बुझ्न जरुरी भएको बताए ।

विद्यार्थीहरुले ज्ञान आर्जन गरेर मुलुकलाई दिशा निर्देश गर्ने जिम्मेवारीसमेत विद्यार्थीले लिनुपर्ने खरेलले बताए ।

भैरहवा बहुमुखी क्याम्पसका पूर्व ब्यवस्थापन समिति सदस्य तथा नेकपा एमालेका जिल्ला उप सचिव हितराज पन्थीले अनेरास्ववियुलाई सिंगो प्यानल स्ववियुमा विजय गराएको धन्यवाद ज्ञापन गर्दै स्ववियु मार्फत विद्यार्थीका समस्या समाधान हुनेमा विश्वास व्यक्त गरे । नेता पन्थीले अब विद्यार्थी किताबमा मात्रै केन्द्रित नभइ समाज, देशको समेत चिन्ता गर्नुपर्ने सही ढंगले नेतृत्व स्थापित गर्न लाग्नु पर्ने बताए ।

कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाका उप–मेयर उमा अधिकारीले विद्यार्थीहरुले यो बेला पढाइसंगै आफ्नो भबिस्य र देशको भविष्य बनाउन लाग्नु पर्ने बताइन् । भविष्यका कर्णधार विद्यार्थीहरु भएको बताउंदै आफ्नो र देशको भविष्य बनाउने सपना विद्यार्थीहरुले बोकेर अगाडि बढ्नु पर्ने बताइन् ।

लुम्बिनी सांस्कृतिक नगरपालिकाका उप–मेयर कल्पना हरिजनले युवा विद्यार्थीहरु अध्ययनसंगै नेतृत्व विकासमा समेत अग्रपंक्तिमा आउनुपर्ने बताइन् ।

कार्यक्रममा भैरहवा बहुमुखी क्याम्पस स्ववियु अध्यक्ष सागर न्यौपाने, अनेरास्ववियुकी नेतृ लक्ष्मी केसी, भैरहवा बहुमुखी क्याम्पसका पुर्व स्ववियु उप सभापति उमेश थापा लाटो मगर, देवदह आदर्श बहुमुखी क्याम्पसका स्ववियु अध्यक्ष अर्जुन गैरे, कर्मचारी प्राध्यापक संघका अध्यक्ष प्रकाश भट्टराई, प्राध्यापक पिताम्बर तिवारी, सहायक क्याम्पस प्रमुख बाबुराम काफ्ले, लोसपा विद्यार्थी संगठनका अध्यक्ष जैनुद्दिन देवान, नेविसंघका सचिव विशाल श्रीवास्तव, स्ववियु सचिव सन्नि कलवार, सदस्य मोहित चौधरीलगायतले बोलेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?