© २०२३
दाङ, १२ साउन ।
देउखुरीको लमहीमा प्रहरीले ब्राउन सुगर सहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा एकजना महिला र दुईजना पुरुष रहेका छन् ।
लमही नगरपालिका वडा नम्बर ५ हस्पिटल चोकबाट ६ सय मिलिग्राम लागु औषध (ब्राउन सुगर) सहित उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा लमही–५ शान्तिनगरकी बालिका सुनार, लमही नगरपालिका वडा नम्बर ५ कोईलाबास रोड निवासी राउडी भन्ने विक्रम कुमार गुप्ता र बर्दाघाट नगरपालिका–६ कैलाली सुगरखालका समिर कठरिया रहेका छन् ।
लागुऔषधको अवैध कारोबार भईरहेको गोप्य सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख शंकर श्रेष्ठले जानकारी दिए । उनले लागु औषध नियन्त्रण ऐन, २०३३ बमोजिम पहिलो पटकका लागि जिल्ला अदालत, घोराही दाङबाट ५ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान प्रकिया अगाडि बढाएको बताए ।
त्यस्तै पक्राउ परेका मध्ये बालिका सुनार यो भन्दा पहिले पनि लागुऔषध कारोबारमा पक्राउ परिसकेकी हुन् । उनी धरौटीमा रिहा भएकी थिइन् ।