ट्रेंडिंग:

>> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि
एक बर्षमा ३ सय ५६ जनाको उद्वार

प्रलोभनमा परेर पुग्छन, तेस्रो मुलुक

१२ श्रावण २०८०, शुक्रबार
१२ श्रावण २०८०, शुक्रबार

चन्द्रौटा (कपिलवस्तु), ११ साउन ।  चम्पाकली बुढा मगर उमेरले १५ बर्षको भएकी छन् । उनी सामान्य परिवारमा हुर्किएकी छन् । गगनपुर जिल्ला चन्चले गाउँपालिका वडा नम्बर–७ मा चम्पाकली (परिवर्तित नाम) को जन्म भएको थियो । सामान्य परिवारमा जन्मिएकी उनी कक्षा ३ सम्म अध्ययन गरेकी छन् । पारिवारीक अवस्था कमजोर भएका कारणले अध्ययन छाडेर चम्पाकली लामो समयदेखि घरमा बस्दा गाई वस्तु चराउँदै आएकी थिइन् । उनको घरमा बुवा, २ दिदि, एक भाईसहित ५ जना परिवारका सदस्य रहेका छन् ।

यसै क्रममा करिब एक महिना अगाडि दिदिको घर घोराही आउने क्रममा बनबासक भाडामा बस्ने वर्ष ४१ को राधेश्याम के.सी.सँग भेटघाट भई फोन नम्बर आदानप्रदान गरि कुराकानी सुरु भयो । कुराकानी हुदै जाँदा त्यो व्यक्तिले उनलाई तिमी के गर्दछौँ भनेर केसीले प्रश्न गर्छन् ? चम्पाकलीले केहि नगरि गाउँमा गाईवस्तु हेरेर बसेको भनेर जवाफ फर्कउँछिन् ।

राधेश्यामले मौकाको फाईदा उठाउँदै उनलाई भने– “तिमी नेपालमा यतिकै गाई वस्तु हेरेर बस्नुभन्दा म सँग भारतको पन्जाव हिँड त्यहाँ तिमीलाई महिनाको राम्रो आम्दानी हुने काममा लगाईदिन्छु, त्यहाँ राम्रा–राम्रा धेरै घुम्ने ठाउँहरू छन् सबै ठाउँमा घुमाईदिन्छु । र तिमी भारतमा गएपछि नेपाल फर्किन मन लाग्दैन” भन्ने जस्ता अनेकैँ किसिमका प्रलोभनहरू देखाउँछन् ।”

चम्पाकलीको बुवाले स्थानीय होटलमा काम गरेर परिवारको जिविकोपार्जन गर्दै आएका छन् । उनको परिवारको मासिक आम्दानी ५ हजार रहेको छ । आर्थिक अभावमा रुमलिएकी उनलाई अनेकौँ प्रलोभन देखाउँदा समेत कसको मन नबहकिएला र ?किशोरकिशोरी अवस्थामा मनमा अनेकौँ कुराहरू लेख्ने, कसैले राम्रो कुरा गरि हाल्यो भने पनि झट्टा रिसाइ हाल्ने, अरूले भनेको कुरा पनि झप्पै विश्वास गर्ने लगायतका क्रियाकलापमा सहजै प्रतिक्रिया जनाउँनु पनि स्वाभविक हो ।

यस्तै चम्पाकली पनि केटाकेटी र यति धेरै प्रलोभन देखाएको हुनाले भारत जाने साँेच बनाएर उनले मिल्ने साथी अनामकली बुढामगरलाई सम्पूर्ण कुरा सुनाउँछिन् । उनको कुरा सुनेपछि अनामकलीले पनि भारतको पन्जाव जाने साँेच बनाउँछिन् । उनले उक्त व्यक्तिलाई मेरो साथी पनि जाने भनेर भन्दछिन् र राधेश्यामले हुन्छ आउँ भनेर उनीहरूलाई लिनको लागि घरसम्म अटो पठाई उनीहरू बनबासकसम्म आई उक्त व्यक्तिलाई भेटीे बसपार्कबाट कपिलवस्तुको कृष्णनगर नाका सम्म आउने बसमा बसेर कृष्णनगरको बाँटो हँुदै भारतको पन्जाव लैजान कपिलवस्तु पुग्छन् । कपिलवस्तको ठूलोभन्सार नाका रहेको कृष्णनगर पुग्दा शान्ति पुनस्र्थापना गृहका कर्मचारीले बोलाएर सोधपुछ गर्दा फुपु दिदि भारतको पन्जावमा हुनुहुन्छ फुपाजुसँग दिदिलाई भेट्न जान लागेको भनेर भनेका थिए चम्पाकली, अनामकली र राधेश्यामले । राधेश्याम र उनीहरूले भनेको कुनै कुरा नमिलेपछि चम्पाकलीको घरमा कर्मचारीले सम्पर्क गर्दा उनको बुवाले छोरी बिहानदेखि घरमा नभएको कहाँ गएको हो भनेर आफुलाई जानकारी नभएको भनेर भनेका थिए । राधेश्याम नामक व्यक्तिसँग भारतको जान लागेको कुराको जानकारी पाएपछि छोरीलाई उक्त व्यक्तिसँग भारत तर्फ जान नदिनु, भारतमा आफ्नो मान्छे कोही नभएको र सो व्यक्तिलाई आफूले नचिनेको र उनीहरूलाई रोकेर राख्नु आफू लिन आउने भनेका थिए ।

त्यसपश्चात उनीहरूलाई पुनः सोधपुछ गर्दा सत्य कुरा बताएको गृह कपिलवस्तुकी संयोजक बसन्ती जी.सी. बताउँछिन्। संयोजक जिसीका अनुसार सिमानाकामा चम्पाकली र अनामकली आफू दिदीबहिनी हो । फुपूलाई भेटन जान लागेको भनेर यसरी झुठा बोल्न सिकाएर राधेश्यामले उनीहरूलाई भारत लैजाँन लागेका थिए । राधेश्यामलाई ईलाका प्रहरी कार्यालय कृष्णनगरमा राखिएको थियो ।
उनीहरूको अभिभावक आएपछि कारवाही गनेराधेश्यामविरुद्ध जिल्ला अदालतमा मानव बेचबिखन तथा ओसारपसारको मुद्दा दर्ता गरिएको थियो । अपराधिक तथा मानव बेचबिखन न्यूनीकरण गर्न विगत एक दशकदेखि कपिलवस्तुमा सक्रिया रहेको शान्ति पुनस्र्थापना गृह एक गैर–सरकारी संस्था हो ।

यस्तै गृह कपिलवस्तुले आर्थिक बर्ष २०७९/०८० मा ३ सय ५६ जनालाई उद्धार गरेको छ । भने ७ हजार ७४ लाई मानव बेचविखन विरूद्ध सूचना तथा परामर्श दिइएको कार्यालयले जनाएको छ । गृह कपिलवस्तुका अनुसार उद्वार गरिएका मध्ये ५४ जना कपिलवस्तुका, ५२ अर्घाखाँची, ३६ प्यूठान, ३५ दाङ, ३० जना रूपन्देहीका रहेको छन् । यस्तै २६ गुल्मी, २१ जना रोल्पाका र २५ जना भारत लगायतका विभिन्न स्थानका रहेका छन् । पछिल्लो समय विभिन्न स्थानिय पालिकासँग समन्वय गरी बेचविखन विरुद्व जनचेतनामूक कार्यक्रम हुने गरेको छ ।
जसमध्ये १६ जना भारतको वस्तीबाट बालकहरू रहेको तिनिहरूलाई बौद्ध धर्म पढाउन भनि भारतको अणुरांचल लगिरहेको प्राप्त सूचनापछि उनीहरूलाई उद्धार गरिएको थियो ।६ जना बालकहरूलाई भारतको लखनऊबाट, एक जनालाई भारतको गुजरात तथा एक जना सिमलाको मंशूरीबाट, एक जना महिलालाई भारतको गोरखपुरबाट उद्धार गरिएको शन्ति पुनस्र्थापना गृहका राष्ट्रिय उद्वार संयोजक भूमि भट्टराईले जानकारी दिए । त्यसैगरी परामर्श दिएको मध्ये१ हजार ७ सय ३० कपिलवस्तुका, ९ सय ९४ अर्घाखाँचीका, प्यूठानका ७१५, रूपन्देही ५९९, ४७३ जना गुल्मीका रहेको छन् । देशभरका ७६ जिल्लाबाट आएका आम नागरिकलाई परामर्श तथा उद्वार गरिएको छ ।

गृह कपिलवस्तुको बुधबार कृष्णनगरमा भएको बार्षिक कार्यक्रममा क्षेत्रिय संयोजक निर्मल सुबेदीले मानव बेचविखन हुने मुख्य कारणको रूपमा अवसरको खोजी रहेको बताए । भारत हँुदै तेस्रो मुलुक जाने, आर्थिक, रोजगारीका अवसर, नेटवर्किंङ बिजनेस लगायतका अन्य प्रलोभन रहेको उनले जनाए । संयोजक सुबेदीका अनुसार शैक्षिक तथा सीपमूलक तालिमका लागि तीन जनालाई गृहको केन्द्रीय कार्यालयमा पठाइएको छ । दुई जनालाई अन्य संस्थामा थप व्यवस्थापनमा लागि पठाइएकोे छ । शान्ति पुनस्र्थापना गृह संस्था कपिलवस्तुमा मानव बेचविखनविरूद्ध प्रभावकारी भूमिका निर्वाह गरिरहेको सामाजिक अभियान्ता उमेश थारुले बताए । बेचबिखनमा परेको सूचना पाउन साथ भारतको विभिन्न ठाउँमा पुगेर सम्बन्धितनिकायसँग समान्वय गरि उद्वार गर्ने गरेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?