ट्रेंडिंग:

>> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार
आगोमा जलेकी विद्यार्थीको उपचारमा समस्याः

रचनाको उपचार गर्न स्कूल, समुदायमा चन्दा उठाउँदै

आगोमा जलेर घाइते बनेकी रचना स्थानीय सिद्धबाबा माध्यमिक विद्यालयको कक्षा ६ मा अध्ययनरत विद्यार्थी हुन् । उनको उपचारको लागि अहिले उनी अध्ययनरत बिद्यालय र समुदाय स्तरमा चन्दा संकलन भइरहेको छ ।
१२ श्रावण २०८०, शुक्रबार
१२ श्रावण २०८०, शुक्रबार

गुल्मी, ११ साउन।  गुल्मीको रेसुंगा नगरपालिका–८ थुम्का गाउँकी १२ बर्षीया रचना विकको उपचारमा आर्थिक समस्या आइपरेको छ । उपचारमा पैसा अभाव भएपछि परिवार यतिबेला मनकारीहरूसँग सहयोगको याचना गरिरहेका छन । रचना विक आगोमा जलेर सख्त घाईते भएको पनि डेढ महिना पुग्यो । परिवारको आर्थिक अबस्था अत्यन्तै कमजोर भएका कारण छोरीको उपचार गर्न नसेपछि बुबा दुर्गा बहादुर विकले अस्पतालको बेडमा बसेर छोरीलाई बाचाईदिन आग्रह गर्दै आएका छन् ।

स्थानीय सिद्धबाबा माध्यमिक विद्यालयमा अध्ययनरत रचना कक्षा छ मा पढ्छिन । उनी गत जेठ २९ गते बिहानै नास्ता खाने क्रममा अगेनोबाट एक्कासी कुर्तामा आगो सल्किपछि जलेर सख्त घाईते बनेकी हुन । उक्त समयमा बुबा दूर्गा बहादुर विक काममा निस्किएका थिए भने आमा राधिका घाँस दाउरा लिन जंगल गएकी थिइन् । अचानक कुर्तामा आगो सल्कीएपछि रचनाले चिच्याउँदै गुहार मागिन । त्यो समयमा पानीको अभावका कारण घरमा खानेपानी समेत थिएन । उनले जिउमा लागेको आगो निभाउन पानी समेत भेटिनन् । केहिबेर त छिमेकीले दिदीभाइको झगडा सम्झिए । तर, रचना आगोले जलेर विक्षिप्त थिइन् । उनको शरीरमा लागेको आगो फुपू र हजुरआमाले निभाएपछि रचनालाई लगत्तै गुल्मी अस्पताल पुर्याईयो  । तर, अवस्था जटिल भएको भन्दै अस्पतालले पाल्पा अस्पतालमा रेफर गर्यो।

जनतन बाबु दूर्गाबहादुरले ऋणधन गरेर छोरीलाई पाल्पा पुराए । उनको नौ दिनसम्म त्यहाँ उपचार भयो । तर, सानो उमेर र भोलिको भविष्यका कारण अस्पतालले काठमाडौंको राम्रो ठाउँमा लैजान सुझाव दियो । त्यही सुझाव अनुसार दूर्गा बहादुरका दम्पतीले छोरीलाई काठमाडौंको सुष्मा कोइराला मेमोरियल अस्पतालमा लगेर उपचार गरिरहेका छन् । पाल्पाको उपचारमा ऋण खोजेर लागेको ५० हजार सकियो । पाल्पाबाट काठमाडांैसम्म एम्बुलेन्समै लैजाँदा ३५ हजार भन्दा बढी रकम सकियो ।

उनको सुष्मा कोइराला मेमोरियल अस्पतालमा अप्रेशन गरियो । अप्रेसन गर्दा पनि डेढ लाख रकम खर्च भयो । बालिका र परिवारको अवस्था देखेर रुटिन अफ नेपाल बन्दका उज्जल बिक्रम थापाले एक लाख सहयोग गरे । अझै विक परिवारको थाप्लोमा ४० हजार ऋण छ । त्यो बाहेक खानपान, औषधी उपचार र बसाइँको व्यवस्था गर्न निकै मुस्किल परिरहेको आमा राधिका विकले दुःख सुनाईन ।

दुर्गाबहादुर विकले मजदुरी गर्छन् । परिवारको खुसीको लागि ०७१ सालमा मलेसिया पनि गए । मलेसिया पुगेको ११ महिनामै कम्पनी बन्द भएकाले फर्किएर घर आए । काम र दाम भने अनुसार नपाएका विकको गाउँमा खोजेको ऋण समेत तिर्ने उपाय भएन । सम्पतीको नाममा खग्रेटाले बारेको छाप्रो हो । गत बर्ष जनता आवासबाट घर प¥यो । राम्रो ओतको आशमा विक परिवार खुसी भए । पहिलो किस्ता ३५ हजार पाए । थप किस्ता पाउने आशमा विकले लालपुर्जा धितो राखेर पाँच लाख ऋण निकालेका छन् ।

सरकारले कवुल अनुसारको किस्ता दिएको छैन् । अहिलेनै छोरी जलेर अस्पतालको बेडमा छन् । ‘ऋण माग्न लालपुर्जा बुझाए सरकारले किस्ता नदिदाँ घरका भित्ता र झ्यालढोकामा लेउ उम्रियो । छोरी जलेर अस्पतालमा छटपटाइरहेकी छ,’ उनले भने ।’ जलेर घाइते बनेकी रचना विक परिवारकी जेठी छोरी हुन् । उनको उपचारको लागि अहिले उनी अध्धयनरत बिद्यालय र समुदाय स्तरमा चन्दा संकलन भइरहेको छ । लामो समय उपचार हुने भएकाले परिवारसंग आर्थिक संकट देखिएको छ । काम गरेर खाने परिवारमा छोरी जलेर सख्त घाइते भएपनि अवस्था झनै बिकराल बनेको छ । मनकारी मनहरूको सहयोग पाएमा छोरीले पुर्नजीवन पाउने आशा राखेको गहभरी आँसु टिल्पीलाउँदै विक परिवारले आशा राखेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?