ट्रेंडिंग:

>> देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा धेरै वर्षाको सम्भावना >> दशैँको टीकाको साइत ११ बजेर ३६ मिनेटमा >> अनेरास्ववियु रुपन्देही संगठन विस्तारमा : बुटवल र तिलोत्तमाको नगर अधिवेशन सम्पन्न >> राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ रेडियो मुक्ति बुटवललाई >> माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु >> रविले ग्यालेक्सी टिभीमा तलबबापत लिएका थिए एक करोडभन्दा बढी >> राजश्व बाँडफाँड कर्णालीका लागि न्यायोचित छैन: मुख्यमन्त्री कँडेल >> लिस्नु क्वाटरफाईनलमा >> प्रधानाध्यापकको लापरबाहीले विद्यालयको पठनपाठन प्रभावित >> बुटवलमा निजी संस्थाले आफ्नो प्रचारका लागि सरकारी अस्पतालको नाम जोडेका सामग्री हटाउँदै  >> रवि लामिछाने बारे समितिमा कुमार रम्तेलको बयान ! >> रौतहटमा फैलियो झाडा पखला >> राष्ट्रपति पौडेलसमक्ष प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस >> अवैध तरिकाले बुटवल ल्याउँदै गरेका गोरू प्रहरी नियन्त्रणमा >> सहकारी समितिको प्रतिवेदन – गोर्खा मिडियामा रविले नै आर्थिक कारोबार गर्थे >> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने

मणिमुकुन्द कलेजका नयां विद्यार्थीलाई स्वागत, चर्चित गायक प्रमोद खरेलले झुमाए

११ श्रावण २०८०, बिहीबार
११ श्रावण २०८०, बिहीबार

बुटवल, ११ साउन । बुटवल योगिकुटीस्थित मणिमुकुन्द कलेजमा कक्षा ११ मा भर्ना भएका नव आगन्तुक विद्यार्थीलाई बिहीबार स्वागत गरिएको छ । कक्षा १२ का विद्यार्थीहरूको आयोजनामा ड्रिमल्याण्ड गोल्ड रिसोर्ट मणिग्राममा कक्षा ११ का नयाँ विद्यार्थीलाई स्वागत गरिएको हो ।
विज्ञान र व्यवस्थापन विषयमा पढाई हुने मणिमुकुन्द कलेजमा कक्षा ११ मा विज्ञानमा २ सय ५० जना र व्यवस्थापनमा करिब ३ सयजना विद्यार्थी भर्ना भएका कलेजका सञ्चालक उमापति न्यौपानेले जानकारी दिए ।
नयां विद्यार्थीहरुलाई कलेजको पठनपाठन लगायतका समग्र विष्यमा अभिमुखिकरणसहितआयोजना गरिएको कार्यक्रममा कलेजका प्राचार्य टुकबहादुर क्षेत्रीले अनुशासन र लगनशीलता मणिमुकुन्दका विद्यार्थीको पहिचानको रूपमा हुनुपर्ने बताए । कलेज भौतिक पुर्वाधार, विज्ञान प्रयोगशाला,दक्ष शिक्षक प्राध्यापक आदि सबै क्षेत्रबाट अब्बल रहेको बताउदै नयाँ विद्यार्थीको दुई वर्ष सुखद हुने विश्वास व्यक्त गरे ।
कलेज व्यवस्थापन समितिका अध्यक्ष गमप्रसाद रेश्मीले विद्यार्थीले विदेश ताक्ने भन्दा पनि देशमै केही गरेर देखाउनुपर्ने बताए । उनले विदनेश होइन स्वदेशमै हरेक सम्भावना खोजी गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा विद्यालयमा सहप्राचार्य दिवाकर खनालले कलेज विद्यार्थीको चाहना र रुचि अनुसार पठन पाठन गराउदै आएको बताए । कलेजका संयोजक पशुपति चौधरीले कलेजका संयोजक पशुपति चौधरीले कक्षा ११ मा भर्ना हुंदा एसईईमा उत्कृष्ट अंक ल्याएका विद्यार्थीसंगै आर्थिकरुपले विपन्न, जेहेन्दार,द्वन्द्वपीडित,फरक क्षमता भएकाहरुलाई शुल्कमा विशेष छुटका साथै जुनसुकै शिक्षक–प्राध्यापकका छोराछोरीलाई शुल्कमा २५ प्रतिशत छुटको व्यवस्था रहेको जानकारी दिंदै मणिमुकुन्दले हरेक वर्षको कक्षा ११ र १२ को परीक्षामा उत्कृष्ट नतिजा ल्याउदै आएको बताए ।
कार्यक्रममा गायक प्रमोद खरेलको विभिन्न गीत प्रस्तुतीमा विद्यार्थीहरु झुमेका थिए । साथै विद्यार्थीहरुले पनि विभिन्न गीत र नृत्य प्रस्तुत गरेर भरपूर मनोरन्जन दिलाएका थिए । कार्यक्रममा कक्षा १२ का राहुलदेव जैसवाल, निशान हमाल, मनोज झेडी मगर र सिमोना सापकोटाले पनि उद्घोषण र नेतृत्व क्षमता प्रस्तुत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?