ट्रेंडिंग:

>> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता >> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन >> बीआरआइ बारे कांग्रेसको स्पष्टोक्ति: अनुदान नै कार्यान्वयन भएका छैनन्, ऋणको कुरा नगरौं >> स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति >> काठमाडौमा एमालेको जागरण सभा सुरु (लाइभ) >> एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा >> अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट >> छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए >> एमालेको र्याली शुरु, दरबारमार्गमा जागरण सभा हुदै >> लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट, प्राविधिक सहयोगलाई निरन्तरता दिन आग्रह >> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा >> आज एमालेको शक्ति प्रदर्शन: एक लाख मानिस उतार्ने दाबी >> जिल्लाको स्वास्थ्य कार्यालयबाटै हुन थाल्यो उपचार सिफारिस, स्वास्थ्य निर्देशनालय धाउनुपर्ने बाध्यता अन्त्य >> दुर्गा प्रसाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान >> पश्चिमी वायुको प्रभाव कायमै, यी चार प्रदेशमा आज वर्षाको सम्भावना >> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ

नाडालाई महासंघ स्वरुपमा लैजान सुझाव संकलन

ब्यवसायिक हकहित पहिलो प्राथमिकता
११ श्रावण २०८०, बिहीबार
११ श्रावण २०८०, बिहीबार

बुटवल, ११ साउन ।  अटोमोबाईल्सको क्षेत्रमा काम गर्ने ब्यवसायीहरुको साझा संस्था अटोमोबाईल्स एशोसिएशन अफ नेपाल (नाडा) लाई महासंघको स्वरुपमा लगेर बलियो बनाउने गरि सुझाव संकलन शुरु भएको छ । नेपाल अटोमोबाईल्स एशोसिएशन अफ नेपालका केन्द्रीय केन्द्रीय अध्यक्ष ध्रुव बहादुर थापासहितको केन्द्रीय टिम विशेष अभियान लिएर देश दौडाहामा हिडेका छन । सबै अटोमोबाईल्स ब्यवसायीहरुलाई संगठित गर्ने र समेट्ने लक्ष्यसहित आफुहरु लागेको बुटवलटुडेलाई अध्यक्ष थापाले बताए । ‘नाडालाई समयसापेक्ष ब्यवस्थित गर्ने लक्ष्यसहित विधान संशोधन गर्ने कामलाई प्राथमिकतामा राखेका छौ ।’—उनले भने ।

बुधबार रुपन्देहीमा नाडा अटोमोबाईल्स एशोसियशन अफ नेपाल र लुम्बिनी अटोमोबाईल्स एशोसिएशन अफ नेपालको संयुक्त अन्तरक्रिया कार्यक्रममा उनले अटोमोबाईल ब्यवसायीहरुको हकहितमा काम गर्ने एकमात्र संस्था भएको दाबी गरे । सरकारबाट ल्याएको नीति, लेभलिङका विषय र यसको प्रभाव बुझ्ने लक्ष्य रहेको उनले बताए। ब्यवसायीहरु एकजुट हुन नसके कमजोर हुने दाबी गर्दै उनले विधानमा नाडा महासंघको स्वरुपमा लैजाने, प्रदेश संरचनाभित्र जिल्ला समेट्न विषयमा छलफल गरिएको बताए । केन्द्रमा भिजन पोलिसी निर्माणको काम, ईन्स्योरसंग क्षमता विकासको कामलाई अघि बढाएको उनले बताए । मौन्द्रिक निती पुनरावलोकन गर्ने सरकारबाट प्रतिवद्घता आएको उनले बताए ।

कार्यक्रममा केन्द्रीय उपाध्यक्ष राजनबाबु श्रेष्ठ, निराकर श्रेष्ठ, केन्द्रीय महासचिव सुरेन्द्र कुमार उप्रेतीले केन्द्रस्तरबाट विधान संशोधन गर्नेभन्दा पनि जिल्ला र प्रदेश तहबाट नै सुझाव संकलन गरि संशोधन गर्ने गरि आफुहरु लागेको बताए । संस्था बलियो र शसक्त बनाउन मुल लक्ष्य लिएर एकतावद्घ हुनुपर्ने बताए । संस्था कमजोर हुदा सरकारको ठोस निति ल्याउनेभन्दा पनि प्रत्येक वर्ष परिवर्तन हुने समस्या रहेको उनले बताए ।
रुपन्देहीमा एउटै ब्यवसायमा आवद्धहरु दुई संस्थामार्फत अघि बढेको बेला मिलाएर जानुपर्ने उनीहरुको सुझाव दिए । यता अडानका उपाध्यक्ष पुरन ज्ञवालीले चार पाग्रे सवारी कारोबारमा आवद्धहरु संगठित भएर अडान गठन गरेको बताए। भन्सार, सरकारको करनिति जस्ता समस्याहरु देखिएको र यसलाई समाधानमा जोडदिनुपर्ने सुझाव दिए । चारपाग्रे सवारी बिक्रेता डिलरलाई समेटेर २७ जना रहेको उनले बताए । यसैगरि महासचिव देबेन्द्र पौडेलले अडान गठन गरिरहदा आफुहरु नाडाको पहिलेबाट नै सदस्य रहेको बताए । संगठनमा नया सदस्य संख्या बढाउनेभन्दा पनि गुणस्तरीयतालाई जोड दिनुपर्ने उनले सुझाव दिए ।

नाडा लुम्बिनीका अध्यक्ष गणेश भट्टराईले आफ्नो कार्यकालमा ब्यवसायिक हकहितसंगै सामाजिक गतिविधि गर्न सफल भएको बताए । भिसिटिएस तालिम, ब्यवसायीहरुलाई कर तालिम गर्दै आएको उनले बताए । दुबै संस्थालाई मिलाउने गरि पटकपटक बैठक बसाउने पहल थालेको उनले बताए । प्रदेश संरचना रहेका ब्यवसायिहरुलाई प्रदेश अन्तरगत सदस्यता लिने ब्यवस्था गर्नुपर्ने लुम्बिनी नाडाका महासचिव रोशन पाण्डेले सुझाव दिए । केन्द्रबाट सदस्य बाडिदा पनि अहिले कतिपय जटिलता देखिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?